रविना टन्डनको नयाँ सिरीज, सीकिगं जन्नत

२०७६ माघ ९ बिहीबार ११:१०:०० मा प्रकाशित

थुप्रै हिन्दी सिने कालाकारिता क्षेत्र र टिभीमा ख्याती कमाइसकेकी रविना टण्डन पछिल्लो समय वेभ सिरीज बनाउने रहरमा छिन् ।

मानिसको व्यक्तित्वमा मानसिक विकार कसरी आउँछ भन्ने विषयमा उनी वेभ स्पेसमा छाप छोड्न लागेकी हुन् । कथाको पात्रको भूमिकामा मनोवैज्ञानिक असर रहेको बताइएको छ ।

थुप्रै विदेशी चलचित्र र पुस्तकमा मनोविज्ञान पढ्न भ्याएकी रविनाले यो विषय विश्वमा नौलो होइन तर भारतका यूवामाझ विषयले रोचक प्राथमिकता पाउने बताएकी छिन् ।

प्रोजेक्टमा रविनाको अभिनय दर्शकले भने हेर्न पाउँने छैनन् । उनको भनाइमा प्रोडक्सन र अभिनय दुवै नौलो विषय भएको कारण उनी अभिनय नगर्ने बताइन् ।

प्रोजेक्टको नाम सीकिगं जन्नत हुने 
प्रोजेक्टको नाम सीकिगं जन्नत हुने रविनाले बताइन । कथाको पात्रको भूमिका सजिलो नहुने र अभिनयको लागि उसलाई धेरै गाह्रो पर्ने रविनाको कथन छ । 
एजेन्सीबाट
 

ताजा खबर