सलमानका व्यस्तताको कारण बिग बोसको प्रशारण रोकिने

२०७६ माघ ८ बुधबार १०:०३:०० मा प्रकाशित

रियालिटी शो “बिग बोस १३” केही समयको लागि प्रसारणमा रोक आउने भएको छ । जानकारहरु यसको ख्यातीका कारण निर्माताहरुले यसलाई केही समय प्रसारण नगर्ने बताएका छन् । तर .कार्यक्रम प्रसारणमा रोकावट सलमान खानको कामको व्यस्ततालाई बताइएको छ । भनिन्छ यो रियालिटि शोको फाइनल एक महिना पछि हुने गरेको छ ।

निर्माताहरु भन्छन् सलमान खान बेगर कार्यक्रम प्रसारण असहज हुन्छ
सलमान खानको पछिल्लो चलचित्र “कमी ईद कभी दिवाली”को कार्यव्यस्तता को कारण शोलाई एक्स्टेन्ड गरिएको बताइन्छ । यो सिजनमा बिग वोसको रेटिङ्ग उल्लेख्य रहेको छ ।

५ हप्ताको लागि कार्यक्रम बढाइएको थियो
यो सिजनमा कार्यक्रम योजना गरिए भन्दा ५ हप्ता बढि प्रशारित गरिएको छ । २९ सेक्टेम्बरमा १३ सहभागीको साथमा शुरुवात भएको कार्यक्रमको अन्त्य यसै जनवरी महिनाको अन्त्यमा हुने भनिएको थियो । यो सिजनमा करिब १४० दिनको अनुभव विग बोसले बोकेको छ । या कार्यक्रमको एउटा लामो श्रृङ्खला बताइएको छ । १२ सहभागीले वाइल्ड कार्ड ईन्ट्री पाएका छन् ।
(एजेन्सीबाट)
 

ताजा खबर