के गाईहरु एकआपसमा कुराकानी गर्छन् ? अनुसन्धान भन्छ-  हो

२०७६ माघ ५ आइतबार १४:१९:०० मा प्रकाशित

गाईले आफ्नै विधि मार्फत आपसमा कुराकानी गर्छन् भन्ने कुरा त्यति सजिलै पत्याउन गाह्रै होला । तर विशेषज्ञहरुले भने गाईहरु आपसमा कुराकानी गर्छन् भनेर दावी नै गरेका छन् । अष्ट्रेलियाको सिड्नी विश्वविद्यालयमा गरिको एक अध्ययनले गाईहरुको आपसमा कुराकानी हुने र उनीहरुले विभिन्न तरिकाले आफ्नो आवाज र संवेदना निकाल्ने बताइएको छ ।

अलैकजेन्ड्रा ग्रिन नाम गरेका एक सोधकर्ता गाई एक सामाजिक प्राणी भएको बताउँछिन् । एक हदसम्म उनीहरु जीवन बेग्लै रहेको उनी उल्लेख गर्छिन् । उनीहरुको जीवनशैलीमा आवाज फरक तरिकाले निकाल्ने वैज्ञानिकहरुको तर्क छ । गाईहरु बथानमा एकआपसमा कुराकानी गर्न रोमाञ्चित हुँदै वा कहिलेकाहीँ निराश भई बाउँने अध्ययनको निचोड छ । उनीहरुले आवाज प्रस्फुटन गर्ने नै बथानमा हो नत्र कसरी बोल्ने विश्लेषण भएको हो ?

गाईहरुले के महशुस गरे अनि उनीहरुको भावना केलाउन, उनीहरुको उत्सुकता र भर्खर बिउँझेको बेलामा मुद्रा केलाउन सकिने सोधकर्ताहरु बताउँछन् । 

पहिलाको अनुसन्धानमा माउहरु आफ्नो बाच्छोसँग संकेत मार्फत बोलीचाली हुने बताइँदै आएको छ । तर पनि एक्लै बाउँदा जीवनभर गाईहरु आफ्ना बथानमा कुराकानी गरिरहेका हुन त ! विश्लेषण गरिन्छ ।

भनिन्छ जनवारहरु यौन संसर्ग भएको बेलामा सक्रिय हुने गर्छन् । उनीहरु खानेकुरा खान रुचाउँदैनन् । त्यसबेला उनीहरुलाई बथान भन्दा भिन्न राखिने गरेको छ ।

सिड्नी विश्वविद्यालयले ३३३ गाईका आवाजहरु परीक्षण गरि नमूना संकलन गरेको थियो ।

वैज्ञानिकहरु गाईको आवाजको बारेमा विश्लेषण गरि तयार भएको खोज सामाजिक सञ्जाल गुगल जस्तै प्रभावकारी हुने बताउँछन् । उनीहरु भन्छन्,“आखिर बाच्छोको पनि संज्ञानात्मक विचार हुन्छ, भावना हुन्छ । सबै जनवारको उनीहरुको हुलमा सामाजिक समन्वय हुने नै गर्छ ।”

२०१८ मा भएको अर्को अध्ययनले जनावरहरुमा पनि मानिसको जस्तै बोलीचाली हुने रिपोर्ट प्रकाशमा आएको थियो ।

मानिस भन्दा छुट्टै किसिमको सञ्चार जनावरमा हुने गरेको पाइन्छ । तर प्राणी जगतमा हुने बोलीचाली उनीहरुको लागि भने अनौठो र विचित्र नहुने वैज्ञानिकहरुको तर्क छ । (एजेन्सीबाट)

ताजा खबर