दुर्गा प्रसाईंको आरोपले पर्दा उघार्ला !

२०७६ माघ २ बिहीबार १५:०५:०० मा प्रकाशित

झापाको बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गाप्रसाद प्रसाईंले आफ्नो कलेजलाई सम्बन्धन दिन राष्ट्रिय चिकित्सा शिक्षा आयोगका अध्यक्ष डा. श्रीकृष्ण गिरीले २० करोड रुपैयाँ घुस मागेको आरोप लगाए । उनले आरोप सार्वजनिक गर्दै छानविनको माग गरे । यति गम्भीर आरोपमा डा. गिरी चुप लाग्ने कुरा थिएन । उनले खण्डन गरे, प्रमाण पु¥याएर देखाउन हाँक दिए । प्रसाईं किन पछि हट्थे र ¤ उनी गिरीविरुद्ध उजुरी लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण कार्यालय पुगे । डा. गिरी गालीबेइज्जती र मानहानीको मुद्दा लिएर क्षतिपूर्तिको मागदाबी अदालत पुगे ।  

गिरीले आफू सञ्चालक रहेको बी एण्ड सी मेडिकल कलेजका लागि सम्बन्धन मागेका छन् । उनले आशयपत्र पाइसकेका हुन् । मेडिकल शिक्षा सुधारका लागि डा. गोविन्द केसीले चरणबद्ध अनशन नगरेका भए यतिबेला सम्भवतः उक्त कलेज एमबीबीएसको एक लट उतार्ने तयारीमा हुने थियो । नयाँ ऐन बन्यो, राष्ट्रिय चिकित्सा शिक्षा आयोग बन्यो, सत्तारुढ दलका शीर्ष नेतासँग सिधा पहुँच छ तैपनि कलेजले सम्बन्धन पाएको छैन । यसबाट प्रसाईं असन्तुष्ट छन् । यही बीचमा ठूलो रकम घुस मागेको आरोप लगाए । 

यो घुस प्रकरणले भ्रष्टाचारका केही पक्षहरूलाई पर्दाबाहिर ल्याउन सक्नेछ ।  

डा. गिरीले खण्डन गरेझै आरोप मिथ्या हो भने प्रसाईंले किन त्यति गम्भीर आरोप लगाए, उनमा यसो गर्ने साहस कसरी आयो भन्ने पाटोको पर्दा उघ्रिन सक्नेछ । आरोप मिथ्या सावित भएका दिन उनले त्यसबापत दण्ड पनि भोग्नुपर्ने हुनसक्छ । घुस मागेको प्रमाण पु-याउन सक्ने ठानेरै उनले आरोप लगाएको हुनुपर्छ । प्रसाईंले पटाक्षेप गर्न सक्नुपर्छ । 

प्रसाईंको आरोप सत्य ठहरियो भने डा. गिरी भ्रष्टाचारको अभियोगमा दण्डितमात्रै हुने छैनन्, लहरो तान्दा पहरो गर्जिन्छ भन्ने आहान पनि सिद्ध हुन सक्नेछ । चानचुने मुटुले डा. गिरी एक्लैले २० करोड रुपैयाँ वा १० प्रतिशत शेयर मागेका हुन् भनेर पत्याउन मुश्किल पर्छ । हो भने यो निकै ठूलो घुस काण्डको नमुना ठहरिने छ । अनुसन्धान निकायले लहरो तान्ने र डा. गिरीले पहरो खसाउने आँट गरे भने भ्रष्टाचारको जालो पनि देखापर्न सक्नेछ । छानविनमा राजनीतिक व्यक्ति पनि तानिन सक्ने अवस्थामा यो प्रकरण निस्तेज पनि हुनसक्छ ।  

प्रसाईंको आरोपको अर्को पक्ष पनि छ । उनले एक–दुई करोड भए दिने तर २० करोड मागेकाले दिन नसकेको भनेको छन् । प्रसाईंकै कथनअनुुसार पनि एक–दुई करोड मात्रै भए आरोप बनेर सार्वजनिक हुने थिएन । यस्ता भित्री काण्ड कति होलान् भन्ने प्रश्न स्वाभाविक भएको छ । अर्को विचारणीय पक्ष पनि छ । मानौँ, प्रसाईंको उजुरीले अवैध सम्पत्तिमा डा. गिरी दोषी ठहरिए । उनको अवैध सम्पत्ति र प्रसाईंसँग घुस मागेको आरोप फरक हुन् ।

आजको हिमालय टाईम्स दैनिकले लेखेको छ- घुस मागेको आरोप, खण्डन र एकअर्काविरुद्ध उजुरीको यो घटनाले हाम्रो राजनीतिक र प्रशासनिक चरित्रको एउटा पक्ष चित्रण पनि गर्छ जो नकारात्मक देखापर्छ ।  

 

ताजा खबर