हप्ताको शुरुवात मै हिन्दी चलचित्र “छपाक” ले १९ करोड र “तान्हाजी” को ६१ करोडको कमाई

२०७६ पौष २९ मंगलबार १०:५२:०० मा प्रकाशित

हिन्दी कथानक चलचित्र “तान्हाजीः द अनसँग वारियर” को बक्स अफिसमा सफलता जारी रहेको बताइएको छ । अभिनेता अजय देवगणको प्रस्तुती रहेको कथानक चलचित्रले हप्ताको शुरुवात मै  नेपाली पैसा ९८.९ करोडको कमाई गरेको भनिएको छ । फिल्मको निर्देशन ओम राउतले गरेका छन् । खासगरी शुक्रबार १० जनवरी को दिन शनिबार वा आईतबार भन्दा फिल्मको आम्दानी बढेको बताइएको छ । 

हिन्दी कथानक चलचित्र “छपाक”ले पहिलो हप्तामा नेपाली पैसा ३०.४ करोडको आम्दानी गरेको छ । पहिलो दिन फिल्मले साढे सात करोडको व्यापार गरेको खुल्न आएको छ । यो फिल्मको निर्देशन मेघना गुल्जारले गरेको बताइएको छ ।

“छपाक” फिल्म हिन्दी अभिनेत्री दिपीका पादुकोनको शुरुवाती लगानी रहेको प्रकाशमा आएको छ । यसमा लगभग ३५ देखि ४० करोड भारु खर्चिएको प्रारम्भिक अनुमान छ ।

त्यस्तै अर्को कथानक चलचित्र “तान्हाजीः द अनसँग वारियर” अजय देवगणको होम प्रोडक्शनमा १२० देखि १५० करोड भारु मा निर्मित भएको बताइएको छ ।
(स्रोतः दैनिक भाष्करबाट)

ताजा खबर