ऋतिक रोशनलाई जन्म दिनको बधाई

२०७६ पौष २९ मंगलबार १०:१७:०० मा प्रकाशित

महानायक हिन्दी सिने कलाकार ऋतिक रोशनलाई आफ्नो फिल्म सुपर ३० और वारको रिलिज पछि २०१९ मा सबै भन्दा बढि खुसी मिलेको बताइएको छ ।

अभिनेता ऋतिक हिन्दी सिनेमा जगतमा सबैभन्दा लोकप्रिय कलाकारको रुपमा छाएको सञ्चार माध्यमहरुको विश्लेषण रहेको छ ।

उनको जन्मदिनको अवसरमा संसार भरिका प्रशंसकहरु मुम्बई ओर्लिएको बताइएको छ । बिशेषगरी चिन, इन्डोनेशिया, जर्मनी, कलकत्ता, विहार, ओडिसा, केरल, बडोदरा, पुणे, अमेरिका र अष्ट्रेलियाका प्रशंसकसँग ऋतिकले आफ्नो जन्मदिनको समय उल्लासपूर्ण तरिकाले बिताएको बताइएको छ ।

उनको  जन्मदिन जनवरी १० मा परेको थियो ।

(स्रोतः पञ्जाब केसरीबाट)

ताजा खबर