संगितले मानिसको जीवनमा के परिवर्तन ल्याउँछ ?

२०७६ पौष २७ आइतबार ०९:४६:०० मा प्रकाशित

क्यालिफोर्निया विश्वविद्यालय बकेर्लिले संगित सुन्दा मानिसमा १३ प्रकारका भिन्ना भिन्नै अनुभुति हुने खुलासा गरेको छ ।

मानिस गीतको कुनै तालमा रमाउँदै होला ! मानिस अभिप्रेरित भई त्यही धुनमा काम गर्दै पनि हुनसक्छ ।

मानिसको क्रिया र भावनाहरुलाई संगितले समेटने गरेको पाइएको विश्वविद्यालयको खोजले निश्कर्ष निकालेको छ ।

त्यसो त संगितले विश्वभरीको मानिसको बोलीको भन्दा छुट्टै भाषा समेटने माध्यम रहेको विज्ञहरुको अन्वेषण छ ।

प्रथमत् अमेरिका र चिनका विभिन्न सहरहरुमा नमुना संकलन गरेर ल्याइयो ।

मानिसको भावना, अनुभव र संस्कृति संगित अनुसार समाजमा पोखिने अध्ययनको निस्कर्षमा बताइयो ।

कुनै गीतको ताल क्रोधित भएमा पनि त्यसका संगित र शब्दको भावार्थ सकारात्मक छ की छैन, केलाउनु पर्नेमा विज्ञहरु जोड दिन्छन् । त्यस्ता संस्कृतिले मानिसमा कस्तो अनुभुति दिलाउँछ हेर्नुपर्नेमा खोजका अनुसन्धानकर्ताहरुले जोड दिएका छन् ।

संगितका प्रकार धेरै किसिमका हुने गरेको बताइएको छ । जसमाः रमाइला, झगडालु, चिन्तीत, सुन्दर, शान्त, सपनातुल्य, शक्तिप्रदायक, कामुक, प्रतिरोधात्मक, आनन्द दिने, दुखित, भयानक, डरलाग्दो, विजयी वा खुसी आदी

८० को दशकका रक व्याण्डका गीत संगितहरु आज पनि थुप्रै युवाका कानमा झुण्डिन्छन् । जसमा “रक द क्यास ब्या”  निकै चर्चित रहेको छ ।

एन्टोनियो भिभाल्डी व्यारोकको “द फोर सिजन” लाई अहिले पनि उत्कृष्ट मानिँदै आएको छ ।

१९७१ मा ए आई ग्रिनको ,“लेट्स स्टे टुगेदर” मा कामुक अनुभुति पाइएको थियो । कामाकोवियो वोलेको अर्को संगित “समहोयर एभोव द रेन्वो”ले संगित प्रेमी श्रोतालाई छुट्टै आनन्ददायक खुसी बाँटेका थिए ।

बनार्ड हर्मनको “द मर्डर” को संगित भावानुकुल अत्यासलाग्दो र सुन्न डरलाग्ने बताउँदै आइएको छ ।

खोजमा मानिसले कसरी संगित आनन्द दायक तरिकाले श्रवण गर्ने र समाजका विभिन्न संस्कृतिलाई कसरी संगितका माध्यमबाट लिने बताइएको छ । मानिस एकै प्रकारको संगित सुन्न ध्यान केन्द्रित हुने गरेको परिक्षणमा धेरै नमुना पाइयो ।

संगित सुन्नु विश्वव्यापी प्रचलन हो । तरपनि हामी शब्दका भाव र त्यसका अनुभुतिहरुलाई वास्ता गर्दैनौं ।

हाम्रा आवेग र भावलाई शान्त पार्न मात्र हामी संगित सुन्दै आएका हुन्छौं ।

मनोविज्ञान र मनोचिकित्सकले संगितको थेरापी दिने र भविष्यमा मानिस संगीत तर्फ बढि नै आकर्षित हुने विज्ञहरुको सुझाव रहेको छ ।
(स्रोतः मेडिकल न्युज टुडे)

ताजा खबर