‘नेपाल लुकेको स्वर्गजस्तो गन्तव्य’– मन्त्री भट्टराई

२०७६ पौष २३ बुधबार १३:२५:०० मा प्रकाशित

काठमाडौं । नेपाल भ्रमण वर्ष औपचारिक रुपमै सुरु भएको छ । यो अवधिमा २० लाख पर्यटक नेपाल ल्याउने घोषणा सहित भ्रमण वर्षको थालनी भएको हो । सरकारले राष्ट्रिय कार्यक्रमको तहमा राखेर भ्रमण वर्षको घोषणा गरेसँगै सबै प्रदेश सरकारले पनि यस कार्यक्रमलाई महत्वका साथ अगाडि बढाएका छन् । 
पर्यटनका लागि विविधतायुक्त कैयौं आकर्षक गन्तव्यहरु भएको नेपालमा विदेशी पर्यटकको आकर्षण रहँदै आएको छ । तर यसपटक भने सरकारले उच्च प्राथमिकतामा राखेर भ्रमण वर्षको घोषणा गरेपछि विदेशी पर्यटक आगमनमा उल्लेख्य प्रगति हुने अपेक्षा गरिएको छ ।

संस्कृति तथा पर्यटन मन्त्री योगेश भट्टराईले नेपाल पर्यटकका लागि सधैं खुला रहने देश भएकाले यो एउटा अनुपम गन्तव्य भएको चर्चा गरेका छन् । भ्रमण वर्ष कार्यक्रमको बिषयमा दृश्य टेलिभिजनसँग कुराकानी गर्दै मन्त्री भट्टराईले लुकेको स्वर्गजस्तो देश नेपाल विश्वका नागरिकले एकपटक दर्शन गर्नैपर्ने गन्तव्य भएको बताएका छन् । 

विविध आकर्षक गन्तव्यका सजीव दृश्यसहित हेरौं मन्त्री भट्टराईसँग गरिएको रोचक वार्ताः

 

ताजा खबर