५३ वर्ष पछिको विश्वको सबैभन्दा ठूलो इलेक्ट्रोनिक शो 

२०७६ पौष २० आइतबार १०:२९:०० मा प्रकाशित

अमेरिकाको लस भेगसमा ७ जनवरीमा विश्वकै सबैभन्दा ठूलो प्राविधिक कार्यक्रम हुने बताइएको छ । नयाँ वर्षको आगमनसँगै शुरुवात भएको कार्यक्रम १० जनवरीमा समापन हुने बताइएको छ ।

शोमा ५ जी कनेक्टीभिटी, आर्टिफिसियल इन्टलीजेन्स, भर्चुवल र आग्मेन्टेड रियालीटी प्रदर्शन, स्पोर्टस र रोबोटिक्स जस्ता विधाहरु प्रदर्शनमा आउने बताइएको छ । १९६७ मा शो सञ्चालनमा आएको बताइएको छ ।

भनिन्छ ४५०० भन्दा बढि प्राविधिक कम्पनीहरु कार्यक्रममा समावेश हुने छन् । थ्रि डी प्रिन्टिङ्ग, डिजिटल हेल्थ, एजुकेशन ड्रोन, लाइफस्टाइल भिडियो गरी ३६ विधा कार्यक्रममा पर्ने खुलासा भएको छ ।

कार्यक्रममा १६० देशका करिब करिब १७० व्यक्तिहरु सामेल हुने प्रकासमा आएको बताइएको छ ।
(स्रोतः दैनिक भाष्कर)
 

ताजा खबर