सन् २०१९मा स्यामसङ्ग कम्पनीले ६७ लाख ५ जी स्मार्टफोन बेच्यो

२०७६ पौष १८ शुक्रबार ०९:५८:०० मा प्रकाशित


संसारको सबभन्दा ठूलो स्मार्टफोन निर्माता कम्पनी स्यामसङ्गले सन् २०२० मा प्राय आफ्ना सबै ग्राहक समक्ष ५ जी चल्न मिल्ने स्मार्टफोनको वितरण सहज गर्ने बताएको छ ।

साउथ कोरियन कम्पनी स्मामसङ्गले सन् २०१९ मा ६७ लाख ग्राहकलाई ५ जी स्मार्टफोनको पहुँच पु¥याएको भनिएको छ । गत वर्ष कम्पनीको वितरण पूर्वानुमान ४०,००,००० रहेको प्रकाशमा आएको छ ।

स्मासङ्गका स्मार्टफोन ग्यालेक्सी S10 5G गत वर्षको मे मा बजारमा आएको थियो यसमा हाई स्पीड नेटवर्क रहेको कम्पनीको विश्वास छ ।
स्याम सँगका नयाँ ब्राण्डमा S10 5G,Note 10+ 5G, A90 5G Galaxy Fold 5G  रहेको बताइएको छ । २०२० को शुरुवातमा कोरियन बजारमा 5G tablet, the Galaxy Tab S6 5G    ब्राण्डका ट्याब्लेट पनि निस्कने बताइएको छ ।

स्यामसङ्ग मोबाइल कम्पनीको अनुसन्धान प्रमुख टि.एम रो भन्छन्,“ हामीले मोबाइलमा  5G वितरण गर्न लागेका हौं । स्यामसङ्गका उपभोक्तामा 5G सेवा चलाउन यसले मद्वत गर्नेछ ।”

स्मामसङ्गको टक्करमा अहिले विश्व बजारमा हुवावे मोबाइल पनि प्रतिस्पर्धी भएको छ ।

(स्रोतः सि.एन.एन)

ताजा खबर