प्रविधिबाट पछि पर्नुः मानिस आफैंको दुख

समाजमा घर, जागिर र अर्थोपार्जन गर्न नसकेका मानिसको बाहुल्यता छ । उनीहरु प्रविधि मैत्री हुन सकेका छैनन् ।
उनीहरुलाई न इन्टरनेटको प्रयोगको बारेमा त्यती चासो हुन्छ नत प्रविधिसँगको नजिकपना ।
मानिसहरु एकदम एक्लो भएर बाँचिरहेका हुन्छन् । उनीहरुमा इन्टरनेटको पहुँच साथीहरुको घरमा वा कम्प्युटरको पुस्तकालयमा मात्र प्रयोग गर्छन ।
तर पनि इन्टरनेटको पहुँच धेरै हदसम्म मोबाइलको प्रयोगले सम्भव बनाइ दिएको छ । उनीहरुमा मोबाइल चलाउनु साधन नभई नसा भैसकेको अनुमान गरिन्छ ।
मानिसहरु धेरै मोबाइलका प्यासी भएका छन् । कलिेकाहिँ स्मार्टफोन पाउँदा मानिस दंग हुन थालेका पनि छन् । भलै मानिसको जागिर नहोस वा तलब थापेको नहोस मानिसलाई एउटा राम्रो मोबाइल तत्काल चाहिन्छ । मानिस वयस्क हुनु अनि कुनै काम पनि नहुनु कस्तो विडम्बना !
मानिस जसको हातमा मोबाइल छैन , जो इन्टरनेट, इमेल चलाउन जान्दैन उ आजको प्रविधि मैत्री समाजमा अटाउनै सक्दैन ।
त्यसो भए श्रमिकको लागि समस्या के हो त ? उनीहरुको काम प्रतिको लगाव मात्र सबैथोक हो त !
तर सञ्चार मानिसको लागि सामान्य हुनै पर्छ । धेरै मानिसहरु शिक्षा र मनोरञ्जनबाट टाढा रहने गरेको पाइएको छ । ग्रामिण भागमा यातायातको पहुँच सामान्य छैन । काम, पढाइ र कुनै टे«निङ्ग त्यसै पाउन सकिन्न । मानिसको खाना, विद्युत र ग्यासँ चुल्हो, आवासको लागि मानिसले खर्च जुटाउनै पर्छ ।
महिनाको अन्तमा मानिसमा आफुलाई चाहिने गाडि भाडा पनि हुँदैन ।
मानिस कुनै ग्रामिण भूभागमा यात्रा गर्न जाँदै छ तर उसको पहुँचमा इन्टरनेट छैन भने उ मानसिक रोगी झैँ बन्ने गरेको छ ।
कोही मानिसले जागीर त्यतिकै पनि भेट्टाउन्नन् । मानिस जब सेन्टरमा रहेका कम्प्युटरमा सामाजिक संजालको प्रयोगमा रहुनु अनिवार्यता हुन्छ । यो विश्वव्यापी चलन हो । उसमा इन्टरनेट सम्बन्धि ज्ञान हुनैपर्छ ।
ग्रामिण बस्तीहरुमा पनि इन्टरनेटको आवश्यकतालाई नजरअन्दाज गर्न सकिँदैन । मानिसले कम्प्युटरको पुस्तकालयमा समय खर्चिन सक्छ । मानिसमा सधैं आफ्नो इमेल एकाउन्टको पासवर्ड विर्सने विस्मृतिको रोग भयो वा धेरै समयसम्म इन्टरनेटबाट विमुख रहनु प¥यो भने संसार रनभुल्ल होला ।
अचेल मानिसले फोनको बिल, बैंक व्यालेन्स, श्रृण सबै इन्टरनेटको माध्यमबाटै तिर्छ ।
त्यसो त इन्टरनेटको पहुँच नभएको ठाँउमा टेलिफोन सेवा पनि नभएको होइन । तर पनि सामाजिक सञ्जालका परिक्षणले मानिसलाई ताजा र छिटो बनाउन प्रभावकारी कदम खेलेका छन् ।
इन्टरनेटले मानिसको सञ्चारको योग्यता बढाएको छ । मानिसको झन्झट र निराशालाई केही हदसम्म निर्मुल गरेकै छ । चाँडबाडमा मानिसलाई सामाजिक सञ्जालले कहिलै एक्लो राख्दैन । यसले मानिसलाई संसारसँग हिँडन सिकाएको छ । संसारलाई जोडेको छ । कम्व्युटरमा नै पुस्तकालय हुन्छ । इन्टरनेटको महसुल तिरेपछि मानिसले ट्युसन कम्प्युटरबाटै लिन्छ ।
मानिस एकलो भएको बेला कम्प्युटर मानिसको साथी बन्छ । मानिसले आफ्नो विचार कम्प्युटरको माध्यमबाट खुलस्त राख्न पाउँछ । मानिस तनावमा परेको बेला होस वा कुनै संकोच भएको बेला उ सधैं कम्प्युटरमा व्यस्त रहनसक्छ ।
मानिस प्रविधिबाट टाढा रहनु उसमा रहेको एक्लोपना बढाउनु हो ।
मानिसले कोचिङ्ग क्यालस पनि इन्टरनेटबाट सम्भव नै भएको हो । सबैमा इन्टरनेटको पहुँच आजको चुनौती नै हो । मानसिमा इन्टरनेटको सही प्रयोगको विकास हुनुपर्छ । कसरी सुरक्षित तबरले संचारबाट ज्ञान लिने उनीहरुमा महशुस हुनै पर्छ ।
(स्रोतः बिबिसी)