बेलायति अध्ययनको निश्कर्ष ः सामाजिक सञ्जालका प्रयोगकर्तामा दैनिक इमोजिको  प्रयोग गर्ने मानिस ९० करोड   

२०७६ पौष ९ बुधबार ०९:५६:०० मा प्रकाशित


वैज्ञानिकहरुको भन्छन् अब ईमोजिको प्रयोग भाषा अध्ययनको लागि पनि हुन्छ । मानिसहरु अब शब्दको प्रयोगको सट्टा सामाजिक सञ्जालमा इमोजिको प्रयोग बढि रुपमा गर्ने छन् । 

इमोजीको नकारात्मक प्रयोग चाहिँ बालबालिकाबाट हुने गरेको बताइएको छ । बालबालिकाले बढि मात्रामा इमोजीको प्रयोग गर्दा उनीहरुले बोल्ने लेख्ने गरेका भाषाको व्याकरणमा कमीको महशुस हुने गरेको पाइएको बताइएको छ । 

बेलायतको विश्व विद्यालयहरुमा ईमोजी सम्बन्धी छुट्टै कक्षाहरु सञ्चालनमा आएका छन् । किँग्स कलेज, एडिन बर्ग र कार्डिफ मा भाषा, मार्केटिङ्ग, मनोविज्ञान तथा राजनीतिशास्त्र जस्ता विषय पढाँउदै आएको बताइएको छ ।

(स्रोतः दैनिक भाष्कर)
 

ताजा खबर