पुस १० मा सूर्य ग्रहण: अप्रत्याशित घटना हुनसक्ने

२०७६ पौष ३ बिहीबार १५:५०:०० मा प्रकाशित

   
काठमाडौं । यही वि.सं. २०७६ पौष १० गते तदनुसार ई.सन २०१९ डिसेम्बर २६ तारिक बिहीवारका दिन खण्डग्रास सूर्य ग्रहण लाग्ने ज्योतिषी दीपक सुवेदीले बताएका छन् । नेपाली समय अनुसार विहान ०८ः४२ बजेदेखि ११ः३१ बजेसम्म जम्मा २ घण्टा ४९ मिनटको हुने सो ग्रहणको असरहरुको बारेमा प्रकाश पार्दै ज्यो. सुवेदीले यतिबेलाको ग्रहणको बढी असर हुनसक्ने उल्लेख गरेका छन् ।  

  ग्रहण संक्रमणकारक हुन्छ । यसै पनि सूर्य ग्रहणमा चन्द्रमा अस्त हुन्छ नै त्यसमाथि यतिबेला बुध, वृहस्पति र शनि पनि अस्त रहेको अवस्था छ । साथै सूर्य, चन्द्र, बुध, बृहस्पति, शनि र केतु धनु राशिमा एकसाथ रहने छन् । जसले गर्दा केही अप्रत्याशित घटनाक्रम बढाउन सक्ने, रोगको संक्रमण बढ्न सक्ने लगायतका विपरित फलको भय हुने ज्यो. सुवेदीको भनाई छ । 

ग्रहण लाग्दा के गर्न हुन्छ र के गर्न हुन्न भन्ने बारे समाजमा व्याप्त मान्यताको बारेमा पनि उनले वैज्ञानिक विश्लेषण दिएका छन् । उनले ग्रहण कसरी लाग्छ भन्ने विषयमा ज्योतिष विज्ञान र आधुनिक विज्ञान दुवै लजिकको तुलनात्मक चर्चा पनि गरेका छन् ।  
 

ताजा खबर