कलाकारद्वय भट्टराई र क्षेत्रीप्रति प्रधानमन्त्रीको श्रद्धाञ्जलि

२०७६ मङ्सिर ३० सोमबार १२:१९:०० मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र कलाकार दीपक क्षेत्रीको निधनप्रति श्रद्धाञ्जलि दिएका छन् । उनले मुलुकले प्रतिभावान् दुई कलाकार गुमाएको भन्दै दुख व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले आज ट्विट गर्दै भनेका छन्, “गएको दुई दिनमा हामीले दुई प्रतिभावान् गुमायौँ । उहाँहरुको कला सधैँ हाम्रो स्मृतिमा रहनेछ ।” 

प्रधानमन्त्री ओलीले दिवङ्गत कालकारका परिवारलाई हार्दिक समवेदना व्यक्त गरेका छन् । बिकास बोर्डका अध्यक्ष भट्टराईको गएराति र कलाकार क्षेत्रीको दुई दिनअघि निधन भएको थियो ।

ताजा खबर