लेख रचना विस्तारी पढ्ने बानी

२०७६ मङ्सिर २९ आइतबार १०:४४:०० मा प्रकाशित

आजको समय प्रविधिको हो । मानिसहरु पत्रिकामा धेरै वेर घोत्लिन्छन् । कम्प्युटरका स्क्रिनमा अक्षरहरु छोड्दै विस्तारी पढ्ने गर्छन । प्रविधिले मानिसलाई विस्तारी पढ्न र गहन तरिकाले पाठहरुलाई बुझ्न सगाएको छ । 

वेभ पेजमा पढ्दा मानिस ध्यान कितावमा पढ्दा भन्दा बढि केन्द्रित गर्छ । यदी तपाईँ कम्प्युटर वा फोन स्क्रिनमा धेरै समय पढ्दै गर्दा आँखा थकित हुन्छन् बिचमा अल्मलिने पनि गर्न सक्नुहुनेछ ! तपाई १५ मिनेट सम्म त ध्यान दिएर पढ्न अवस्य सक्नुहोला ।

संज्ञानात्मक नसा विशेषज्ञ मारियान वोल्फ भन्ने गर्छन,“मानिस अनलाइन पढ्दा धेरै अक्षरहरु छाड्छन् जसरी किताबमा गहन अध्ययन हुने गर्छ । किताबमा  विश्लेषण र सहानुभुति अलिबढि हुन्छ । त्यसरी मष्तिस्कले सुचना लिने काम प्रविधिको प्रयोगमा सुस्त हुन्छ ।” 

हामी खतरा मोल्न बाध्य हुन्छौं । प्राय सबैले पुरै पाठ पढ्दैनन् । बालककालमा हामी धेरै पाठ छोडेर पनि त पढ्ने गरेकै हो । ९ वर्ष हुँदा नै हामी पाना छोडेर आँखा घुमाउदै एक चौथाइ पढ्ने गरेकै पनि हो । अचम्म के छ भने मनमनै पढने बानीले हामीलाई अर्को आनन्द दिएको छ । पढ्ने मानिस बाहेक अरु मानिसको आवाज केही सुनिएको जस्तो वा केही पनि नसुनेको जस्तो विर्सन सकिने हुने पनि गर्छ ।

एक अमेरिकन लेखक चालर्स बेक्र्सटरले १९८९ मा आफ्नो फिक्सनमा लेखेका छन्,“आलोचना गर्ने हरुले पढ्दा मानिसको ध्यान नहुने तर्क गर्छन । अल्क्षि मानिसहरुलाई सांस्कृतिक बोध गराउन कथा पढाउनुपर्छ । कविता र हाइकु थोरै समयका हुने गर्छन् । ” 

तरपनि इन्टरनेटले समयको बदलाव गरेको छ । शुरुमा हामी यसमा पढ्ने वातावरणको श्रृजना गर्छौं तरपनि धेरै मानिस लेख्ने प्रयास गर्दै आएका छन् । मानिस यात्रा गर्दा थोरै आफ्नो सम्झना कोर्ने गर्छ । कफि सपमा, कक्षा कोठामा दुई औंलाले चलाउँदै ल्यापटप खोल्न माहिर देखिन्छ । उसले समाचारका हेडलाइन हेर्छ । तर अचेल डायरीमा पेन वा पेन्सिलले कोर्दै चिया खाएको मान्छे तपाईँ भेट्टाउनु हुन्न ।

मानिस एनालग युगबाट डिजिटल युगमा प्रवेश गरेको छ । अहिले मानिसको ट्वीटर बन्द भयो भने होनोहार भै हाल्छ । मानिसको अनलाईन लेख मा कमेन्ट हुनै पर्छ । यस किसिमको लेखापढी लोकतान्त्रिक, महत्वपूर्ण र आरामदायी हुने गरेको छ । मानिसको शब्दको छनौट कस्तो हुन्छ जस्तो सुन्छन् त्यस्तै त लेख्ने होला !

कवि विली कोलिन्सले एक पटक भनेको थिए “कविता मानिसको शून्यता समाप्त पार्ने कडी हो भने नाटकले मानिसमा बढि आवाज थपि दिन्छ ।” कवि र संगितकारहरु पनि शुन्यता मार्न खप्पिस हुन्छन् । जे भए ता पनि लेखन पढनले मानिसको शब्द भण्डारको कल्पनाशिलता लाई बढाउँछ । मानिस धेरै बोल्छ । केही प्रतिक्रिया जनाउँछ । सुन्छ अनि केही गर्छ ।

हामी विस्तारै खाना तयार गर्ने गर्छौ । त्यस्तै विस्तारै बुझेर पढ्नाले हामी उत्साही, भावुक र प्रत्यधिकृत हुने गर्छौ त्यसरी नै पाठहरुलाई ग्रहण पनि गर्छौं ।
हामी पाठ पढ्न गाह्रो हुँदा अलि अलि अनुच्छेद छोड्दै पनि पढ्ने गर्दछौं । कहिले काहिँ औंलाले अक्षर बिचका खालि ठाँउ छुँदै पढ्दा पाठका विचमा हामी हराउन्नौ ।  कहिले आवाज निकालेर पढ्ने बानी बसाउँछौं । सेक्सपियरले पनि पाठ पढ्दा कुनै धारणा र स्पष्टिकरण पाठ पढ्ने व्यक्तिले पाउने भनेका थिए ।

जे भए ता पनि अनलाईन लेखनले मानिसलाई आफ्नो घरबाट टाढा गएको महशुस हुन्छ । कहिले काहिँ किताबबाट टाढा रहेको महसुस हुन्छ । मानिसहरुले कमेन्ट गर्ने गर्छन । लेखकहरुले कमेन्ट पढ्ने गर्छन । वास्तबमा पाठकहरु कस्तो लेख रचना छनौट गर्छन त्यो लेखक आँफैले जान्नु पर्ने कुरा हो ।

विस्तारै पढ्नाले मानिसमा लेखनको बोध टाढा भाग्ने हुने गर्छ । लेखन मानिसको आलंकारिक व्यायाम हो । मानिसहरु गति, ताल, बनावट र आवाजका आधारमा कुनै लेख लेख्न थाल्छन् । अनि वाक्य संरचना बन्छ , मानिसले शब्दमा छाल मार्न थाल्छन् । केही नौला विचार पलाउँछ । तर विस्तारै पाठ गर्ने पाठकले लेखमा पौडीन्छ तर के के पढें भन्ने कुरा विर्सन सक्छ । तथापी उसले बेग्लै आनन्द र मज्जा भने पाएकै हुन्छ ।

विस्तारै पढ्न पनि कम मुस्किल पर्दैन । मानिसहरु बाहिर आवाज निकाल्दै भन्दा मन मनै पढ्नु बढि मेहेनतपूर्ण हुनेगर्छ । मानिसलाई अनौठो महशुस नहुने, भाषाको असहज नहुने मनमनै पढ्नाले गर्दा हुने गर्छ । अरु छेउको मानिसको मस्तिष्कमा पनि वेफाइदा गर्दैन ।

मानिसको गहन अध्ययन प्रविधिको विकाससँगै हराएको देखिन्छ । मिडियामा भएको परिवर्तनले मानिसलाई “मरेको रुख” जस्तो बनाएको छ । मानिस किताब पढ्न मन नगर्ने भएका छन् । छापिएका किताव त कारले मोटरसाइकल किचेको जस्तो आधुनिक प्रविधिको दबदबा छ ।

डिजिटल टि.भी. आएको २० वर्ष हुनै आँट्यो । यसमा सयौं च्यानल आउँछन् । मानिसहरु छिटो दृश्य अवलोकन गर्छन । मानिसको ध्यान यस्ता उपकरणले खिच्दै आएका छन् । अहिले टिभीका नाटक र फिल्मले बजार खाएको छ । मानिसलाई केही बौद्विक र भावानात्मक वनाएको नै छ ।  तर उपन्यास पढ्ने मानिस नि घटेका छैनन् । अनलाइन चलाउने मानिसले पनि आफ्नो हाउभाउ, विचार र धारणा अक्षर मार्फत पोखेकै छन् । हामी वासी सन्देशमात्र राख्ने गर्छौं । तर समयले विस्तारै पढ्ने होइन पाठकहरुलाई अनलाइनमा चाँडो पढ्न महसुुस गराएको छ । किनकी हामी सँग समय थोरै छ ।
(स्रोतः द गार्जियन)

ताजा खबर