भारतीय वरिष्ठ सिने निर्देशक शाहको मृत्यु

२०७४ असोज २२ आइतबार १२:५२:०० मा प्रकाशित

मुम्वई, भारत, २२ असोज ।  व्यङ्ग्यात्मक सिनेमा ‘जाने भी दो यारो’ बाट सिनेमा निर्देशन क्षेत्रमा प्रवेश गरेका कुन्दन शाहको हृदयघातका कारण शनिबार निधन भएको छ । उनी ६९ बर्षका थिए।

शाहको उनकै निवासमा निधन भएको पारिवारिक स्रोतले बताएकोे भारतीय समाचार संस्था पीटीआईले जनाएको छ । 

स्वर्गीय शाहले पूर्णेस्थित भारतीय सिनेमा तथा टेलीभिजन संस्थान एफ्टिआईआईमा सिनेमा निर्देशन सम्बन्धि अध्ययन गरेका थिए।  सन् १९८३ मा जाने भी दा यारा नामको सिनेमाबाट निर्देशनको यात्रा तय गरेका थिए। 

उनले भारतीय सिनेमाका लागि प्रदान गरिने राष्ट्रिय पुरस्कार, इन्दिरा गान्धी पुरस्कार, प्राप्त गरेका थिए। तर सन् २०१५ मा एफ्टिआईआईमा विद्यार्थीले गरेको प्रदर्शनमा ऐक्यबद्धता जनाउदै उक्त पुरस्कार फिर्ता गरेका थिए। 

शाहले सन् १९८६ मा ‘नुक्कड’ नामक हिन्दी धारावाहिक टेलीश्रृङ्खलामा प्रवेश गरेका थिए।

सन् १९८८ मा प्रसिद्ध हाँस्य टेलिश्रृङ्खला ‘वागले कि दुनियाँ’ को निर्देशन गरेका थिए। उक्त सिनेमा व्यङ्ग्य चित्रकार आर के लक्ष्मणको आम आदमीको चरित्रमा निर्माण गरिएको थियो । 

उनी भारतीय सिने क्षेत्रमा १९९३ मा शाहरुख खानद्वारा अभिनित ‘कभि हाँ कभि ना’ सँगै पुन देखिएका थिए। 

उनको प्रीति जिन्टा तथा सैफ अलिद्वारा अभिनित सिनेमा ‘क्या कहना’ निकै सफल चलचित्र हो । यसका अलावा उनले केही अरु सिनेमाको निर्देशन गरेपनि ति सिनेमाबाट व्यवसायिक सफलता भने मिलेको थिएन । एजेन्सी 

ताजा खबर