सन्दकपुर देखि दार्चुलासम्म हिमपात (तस्बिरमा हिमपात)

२०७६ मङ्सिर २८ शनिबार १३:१८:०० मा प्रकाशित

काठमाडौं ।  देशका सीमान्त जिल्लाहरु पुर्वको इलामदेखि सुदुरपश्चिमको दार्चुलासम्म हिमपात र वर्षा भएको छ । बुधबारदेखि नै चिसो अत्यधिक बढ्दै गएर बिहीबार रातिदेखि नै हिमपात र वर्षा हुनथालेको थियो । काठमाडौं उपत्यकामा आज बिहानदेखि मौसमा सुधार भएको छ । झलमल घाम लागेकाले हिमश्रृंखलाको दृश्यावलोकन गर्न सकिने गरी मौसम सुध्रिएको छ ।  

शुक्रबारदेखि बढेर गएको हिमपातका कारण देशभरको जनजीवन नराम्ररी प्रभावित भएको समाचारहरु आईरहेका छन् । परीक्षा, हवाईमार्ग मात्र होईन कतिपय क्षेत्रमा स्थलमार्ग समेत प्रभावित भएका छन् । मौसम पुर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार,आईतबारदेखि मौसममा सुधार आउने सम्भावना छ ।


(तस्बिरहरु रासस)

ताजा खबर