मार्बलमा कला भर्दै नेपाली कलाकार मलेशियामा

२०७६ मङ्सिर २७ शुक्रबार ११:५८:०० मा प्रकाशित

काठाडौं । मलेशियामा आयोजना भएको अन्तर्राष्ट्रिय मार्बल आर्ट कार्यशालामा नेपालका ४ जना मूर्तिकार यतिबेला धमाधम आफ्नो सीप प्रदर्शन गरेर चर्चा कमाईरहेका छन् । १३ दिने कार्यशालामा भागलिन नेपालका चिरपरिचित मूर्तिकार राजु पिठाकोटेको नेतृत्वमा चारजना कलाकार मलेशिया गएका थिए ।

आयोजक राष्ट्र मलेसिया, नेपाल, इन्डोनेसिया, बेल्जियम, इटाली, थाइल्यान्ड, रि उनियन आइल्याण्डका १९ मूर्तिकार यसमा सहभागी छन् । यी मूर्तिकारले मलेशियाको पर्यटकीय क्षेत्रमा मार्बल खोपेर विभिन्न किसिमका मूर्ति र कलात्मक बस्तु तयार गरिरहेका छन् ।

 यो अन्तर्राष्ट्रिय कार्यशाला मार्बल आर्ट क्याम्प लगतै यहाँ निर्माण भएका कलात्मक बस्तुहरु मलेशियाको लान्कावी एयरपोर्टको भित्र बाहिर प्रदर्शनी हुने र के एल बाइनाले सन् २०२० मा क्वाललम्पुरमा प्रदर्शन गर्ने तयारी गरिरहेको आफूले जाकारी पाएको मूर्तिकार राजु पिठाकोटेले सरल पत्रिकालाई बताए । ती सबै कलाकृती लान्कावी एयरपोर्ट मै रहने पनि आयोजकले जानकारी दिएको थाहा भएको    छ ।  

 

कार्यशालामा सहभागी नेपाली कलाकार भुवन थापाले ‘तिमी र म’ शीर्षकमा दुइवटा मूर्ती सिर्जना गरेका छन् । दुइ ब्यक्ति अथवा दुइ देश बीचको सम्बन्धलाई यसमा जोड दिईएको छ । मलेशियाले आफ्नो देशमा रहेका नेपालीहरुप्रति मित्रताको भाव दर्शाउन पर्याप्त ध्यान देओस् र नेपालीहरुले भयरहित वातावरणमा आफ्नो पेशा व्यवसाय गर्न सकुन् भन्ने उदेश्यले नेपाली कलाकार मलेशिया पुगेको बुझिएको छ ।


अर्का कलाकार लक्ष्मण भुजेलले अस्तित्व शीर्षकमा मूर्ति बनाएका छन् । डुङ्गा र नारीको समीश्रण गरेर समुन्द्रको छालसँग जुध्दै नारी डुङ्गा झंै संसार जित्न संघर्ष गरिरहेकी सन्देश भुजेलले निर्माण गरेको मूर्तिले दिने छ

। 

त्यसैगरी नेपाली टिमका नेता कलाकार राजु पिठाकोटेले दुइवटा कला तयार गरेका छन् । उनले कनेक्सन र फ्रि वे र  मित्रता तथा शान्तिको सन्देश दिन म्यांग्रुब ट्रीहरुको कनेक्शनलाई लिएर ब्यक्ति,समाज अनि संसारका सबै राष्ट्रहरुवीच सधैं मजबुत सम्बन्ध रहि रहोस् भन्ने सन्देश दिएको बताईएको छ । अर्का नेपाली कलाकार गंगाधर सारुले सशक्तिकरण बिषयमा अर्धमूर्त शैलीको नारीलाई पात्र बनाएर कला तयार गरेका छन् ।

नेपाली कलाकारको यो टिमले केही साता अघिमात्र तराईको जंगलमा विभिन्न मूर्ति निर्माण गरेर प्राकृतिक संग्रहालय बनाएका थिए । राजु सहितको नेपाली टिमले यसै वर्ष फ्रान्समा हिउँमा विभिन्न कला निर्माण गरेर नेपालीको कला क्षमता प्रस्तुत गरेको थिए । 
 

ताजा खबर