शेयरले संसार घुमाएपछि 

२०७६ मङ्सिर १५ आइतबार ११:१८:०० मा प्रकाशित

सन् २०१६अक्टोबरको पहिलो हप्तातिरको कुरा हो, मानिसहरु भन्दै थिए, नेप्से आज १८०० नाग्यो अव २२००सम्म पुगेर त्यतै रोकिन्छ । शेयर बजारमा पैसा हाल्न सक्नेका लागि यहि हो सुनौलो अवसर भनेर । यसो सोचेको गर्ने भनेको यो पो हो त । अनि मानिसहरु कस्तो हल्ला गर्छन् भनेर ध्यान दिएर सुन्न थालें । बैंकहरुको शेयर धेरैनै बढेको छ, अब हाईड्रोमा जसले लगानी गर्छ उचाहिं २-३ वर्षमा चाहे जति पैसा कमाउन सक्छ, केहि नभए पनि हाल लगानी गर्नेले दोव्बर चाहिं कमाउँछ । कमाउन पनि कस्तो सजिलो, सुन्दैमा मज्जा आउने । अव चाहिं ढिला गर्न हुँदैन भनेर नेप्से १८०० पुगेको बेलामा लगानी गर्दा ठीक हुन्छ भन्ने लाग्यो किनकी हल्ला गर्नेले २२०० त सिधै पुग्छ भनेका छन् । ठूलो कमाई नभए पनि दोव्वर चाहिं पक्का भन्नेतिर लागियो ।

त्यतिबेला बजारमा भएका प्रति कित्ता रु. ५०० भन्दा थोरै भएका हाईड्रोको सेयर छानेर किनेमा मालामाल भईन्छ भन्ने लाग्यो । अनि बढी होहल्ला भएको हाईड्रो खोज्दा अपि भन्ने आयो, यसले त दिन पनि दिल खोलेर नै दिन्छ भन्थे होहल्ला गर्नेहरु। उसो भए यसमा लगानी गर्दा हुन्छ भनेर ढिला गर्न हुँदैन, अरु कसैले थाहा नपाउनेगरी प्रतिकित्ता रु।४००कटेको बेलामा किनेको फाप्छ भनेर किनियो । त्यस पश्चात कम्पनीको बारेमा अध्ययन गर्दा थाहा भयो कि कम्पनीका साहुजी बाहेक कोहि कसैलाई भलो गर्ने खालको व्यवस्था १ ईन्च पनि पाईन। यतिबेला मुख छाडेर गाली गर्न मन लागेको छ । राईट शेयर १ बराबर २ दिन्छ भनेर होहल्ला गरेको ४ वर्ष हुन लाग्यो तर त्यो पनि छाँटकाँट छैन। अघिल्लो वर्ष होला ५ प्रतिशत बोनस दिने भनेर भन्दै थियो लाज नभएकोले । हाल बजारमै रु. १०० बराबरको मूल्यमा फालाफालको अवस्था छ । अव त्यो राईट शेयर भन्ने आए पनि नआए पनि मलाई केहि भएन ।

अर्को होहल्ला भएको नेशनल हाईड्रो त्यतिबेलाको बजारमा निकै सस्तो भन्थे मानिसहरु, यस्लाई लगानीकर्ताले हेलाँ गरेर त्यस्तो भएको हो नत्र यो पनि मज्जाको कम्पनी भन्थे । यसो सोचेको यस्लाई मैले पनि हेलाँ गरें भने कस्ले मायाँ गर्ने भन्ने लाग्यो अनि कम्पनीको ईतिहासमा १ पटक प्रति कित्ता रु. २०० कटेको बेलामा लगानी गरियो । लगानी गरे पश्चात कम्पनीको बारेमा अध्ययन गर्दा थाहा भयो यो कम्पनीका साहुजीलाई देश निकालानै गर्नु पर्ने अवस्था देखें तर मैले गर्न सक्ने केहि थिएन। आज त्यो शेयर रु. ५०मा बजारमा फालाफाल छ ।

त्यसपछि लगानीको सुनौलो अवसर भन्दै, बजारमा आउनु भन्दा अगाडिनै युनाईटेड मोदीको शेयर प्रति कित्ता रु. ३००मा किन्न पाउनु भनेको कम्पनीमा चिनेको ठूलो मान्छे भए मात्र सम्भव हुन्छ भन्ने दलाल भेट भयो, अनि दलालनै हाईड्रो कम्पनीको साहु बराबर हो भनेर हतार हतार लगानी गरियो । उ भन्दै थियो यो कम्पनी त दोश्रो चिलिमे नै हो । आज त्यसले पनि चिलिम फर्काईदियो । यस्को शेयर पनि बजारमा रु.१००नै मा फालाफाल छ ।

सरकारमा रहेका साहुजीहरु, तिम्रा त म जस्ता होहल्लामा चल्नेहरुले किनेको कम्पनीको सेयर १ कित्ता पनि छैन होला तर यस्तो अवस्थाले अव नेपालको हाईड्रोको शेयर कता लाँदैछ रु अनि अव म चाहिं कुन हाईड्रो कम्पनीको शेयर रु ५० मा किनिदऊँ ।

ताजा खबर