धुलिखेल–२ मा नेकपा विजयी

२०७६ मङ्सिर १५ आइतबार ०७:४५:०० मा प्रकाशित

धुलिखेल — उपनिर्वाचन अन्तर्गत धुलिखेल–२ मा भएको निर्वाचनमा नेकपाका देवप्रसाद कोइराला विजयी भएका छन् । शनिबार भएको उपनिर्वाचनमा कोइरालाले आठ सय ६७ मत प्राप्त गरे । यस्तै कांग्रेसका दर्णबहादुर खत्रीले पाँच सय ८२ मत प्राप्त गरे । राजपा नेपालका कृष्णबहादुर तामाङले १५ र राप्रपा ९संयुक्त०का बासु थापाले ६ मत प्राप्त गरे । जसमध्ये ३२ मत बदर भए । एक हजार ८ सय ७७ मतदाता मध्ये एक हजार पाँच सय ०२ मत खसेको थियो। सात सय ५८ महिला र सात सय ४४ पुरुष मतदाताले मतदान गरेका थिए। साबिक रविओपी गाविस फुटेर बनेको धुलिखेल २ मा नौ सय ४९ महिला र ९ सय २८ पुरुष मतदाता थिए।
कान्तिपुर दैनिक

ताजा खबर