मार्वल आर्टक्याम्पमा भागलिन मलेसिया पुगे चार नेपाली कलाकार

२०७६ मङ्सिर १४ शनिबार १३:३८:०० मा प्रकाशित

काठमाडौं । नेपाली कलकारहरुको टोली आज मलेशिया पुगेको छ । नेश्नल आर्ट ग्यालेरी अफ मलेसियाको लाङ्कावी शाखाले आज देखि डिसेम्बर १३ सम्म लाङ्कावीमा आयोजना गरेको अन्तर्राष्ट्रिय मार्वल आर्ट क्याम्पमा सहभागी हुन नेपाली कलाकारहरुलाई अतिथिका रुपमा निमन्त्रणा गरेको हो । 

कलाकार राजु पिठाकोटेका अनुसार, उनी सहित नेपालको तर्फबाट कलाकारहरू गंगाधर शारू, लक्ष्मण भुजेल र भुवन थापा अतिथि कलाकारको रूपमा सहभागी हुन शुक्रबार त्यस तर्फ प्रस्थान गरेका हुन् ।

 मलेसियाको लाङ्कावी आइल्याण्डमा बिभिन्न राष्ट्रका १८ जना मूर्तिकार सहभागी हुने भएका छन् ।  

भर्खरै नेपाल–भारत सीमाको सोमेश्वरगढी जंगलका भीमकाय ढुंगाहरुमा विभिन्न कलाकृति कोरेर चर्चामा रहेका कलाकारहरु अथितिका रुपमा मलेसिया निम्त्याईएका हुन् । अनकन्टार झैं लाग्ने सोमेश्वरगढीको जंगल यतिबेला चलायमान भएको छ दर्शकहरुको आवतजावतले । जंगलमा लेउले छोपिएर बसेका ती ढुंगामा अनेक कला कोरिएपछि अब सिंगो क्षेत्र खुला संग्रहालयमा परिणत भएको दर्शकहरुको भनाई छ ।
 

ताजा खबर