डिसहोमको सिनेमा घरमा ‘छ मायाँ छपक्कै’

२०७६ मङ्सिर १० मंगलबार १०:४८:०० मा प्रकाशित

काठमाडौं । आमा सरस्वती मुभिज प्रा.लि. र रोहित अधिकारीको ब्यानरमा निर्माण भएको वर्षकै सर्वाधिक सफलचलचित्र “छ माया छपक्कै” अब डिशहोमको सिनेमा घर च्यानल नम्बर १०८ मंसिर १३ गतेदेखि प्रर्दशन हुने भएको छ ।

ख्यातिप्राप्त हाँस्यकलाकार दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्ट लगायत दर्जनौँ चर्चित कलाकारहरmले अभिनय गरेका यस चलचित्रका निर्माता रोहित अधिकारी हुन् । यसको कथाकार निर्देशक दिपेन्द्र लामा रहेका छन् ।


 कात्र्तिक २४ गतेदेखि विभिन्न शहरहरmका मुख्य हलहरुमा सार्वजनिक प्रर्दशन भएको यस चलचित्रले नेपाली सिनेमा जगत्मा उत्कृष्ट प्रर्दशनी गरेको छ । व्यापारको उच्च प्रतिफल पाएको यस चलचित्रले ५१औँ दिन मनाउने तयारीमा रहेको छ । 


समयअनुसारको प्रविधिको बिकाससँगै बिकसित भएको डिशहोमले हलहरुको पहुँच नभएका दर्शकहरुका लागि न्यूनतम शुल्कमा सपरिवार घरैमा बसी चलचित्र हेर्न मिल्ने प्रविधि भित्र्याएको हो । च्यानलनम्बर १०८ मा एसएमएस गरी चलचित्र हेर्न मिल्ने सुविधा डिशहोमले प्रदान गरेकोे छ ।


 हरेक दिन आठ शो हेर्न पाईने यस सिनेमा घरमा, चलचित्र हेर्नका लागि मोबाइलको म्यासेज बक्समा गएर एमओडी टाइप गरी (एउटा स्पेश दिएर) सेटअप बक्सको क्यास आइडी टाइप गरी आफूले हेर्न चाहेको समय टाइप गरी ३२५०० वा ३२५८० मा एसएमएस पठाएर चलचित्र हेर्न सकिन्छ । 


यो चलचित्र हेर्न सपरिवारका लागि रु ४ सय २५ रुपैयाँ शुल्क लाग्नेछ । भर्खरै प्रदर्शनमा आएका दुई चलचित्रहरु “रातो टिका निधारमा” र “पोइ प¥यो काले” ले यस च्यानलमार्फत उत्कृष्ट व्यापार गर्न सफल भएका थिए । यस अगाडि दीपक–दीपाले निर्माण गरेका चलचित्र छक्का पन्जाका तीनवटै सिरिजले अत्याधिक व्यापार गरी बक्स अफिसमा व्यवसायिक रेकर्ड कायम गर्न सफल भएको थियो । 
 

ताजा खबर