पढ्ने बानी गर्नोस्, बिर्सने रोगबाट बचिन्छ

२०७६ मङ्सिर ८ आइतबार १३:४२:०० मा प्रकाशित

अमेरिकी शिक्षा विभागले निकालेको तथ्याङ्कको निश्कर्ष छ– मानिसमा पढ्ने लेख्ने बानी नभएमा डिमेन्सिया दुई वा तीन पटक बढ्छ ।

 विभागको निश्कर्ष छ– ५ मा १ वयस्क मानिसमा अध्ययन गर्ने कौशल हुँदैन । उनीहरु शैक्षिक सामग्रीका सूचनालाई केलाउँदैनन्, भिन्नता छुट्टयाउँदैनन्, व्याख्या गर्दैनन् र निष्कर्ष पनि निकाल्दैनन् । 

४ करोड ३० लाख वयस्क मानिसमा २०११ देखि २०१४ मा गरिएको अध्ययनमा करिब ८० लाख मानिसमा कम शैक्षिक योग्यता पाइयो । उनीहरुमा भाषागत र संज्ञानात्मक अवरोध पाइयो । 

कोलम्बिया विश्वविद्यालय भ्यागेलसका चिकित्सक जेनिफर जे मेन्लिले न्युरोलोजि भन्ने जर्नलमा खोजको रिपोर्ट तयार पारेकी हुन् । पढ्न र लेख्न नसक्ने मानिसमा डिमेन्सियाको प्रबल सम्भावना रहेको बताईएको छ ।

जेनिफर जे मेन्लि भन्छिन्,“वयस्क मानिस नाती नातीनाहरु खेलाउनका लागि मात्र होइनन् । उनीहरुले पढ्ने लेख्ने बानी गर्नुपर्छ । यसले उनीहरुको मष्तिस्कको शारीरिक बिकास गर्छ । उनीहरु पत्रपत्रिका पढ्ने बानी तर्फ अग्रसर ह्ुनुपर्छ । यस प्रकारको बानी अपनाए डिमेन्सिया जस्तो घातक रोगबाट उनीहरुलाई बचाउन सकिन्छ ।”
 
मानिसको संज्ञानात्मक स्वास्थ्य बिषयको ज्ञानले मानसिक सन्तुलन र अल्जाइमर प्रतिको लक्षण कम गराउँछ ।

विद्यावारिधि चिकित्सक जेनिफर जे मेन्लि डिमेन्सिया कसरी न्यून गर्न सकिन्छ भन्ने प्रश्नको उत्तर दिँदै उल्लेख गर्छिन्,“पढ्न, लेख्न मानिसको लागि अपरिहार्य हो । यस प्रकारको दैनिक अभ्यासले मानिसको मष्तिस्क स्वस्थ्य राख्छ ।” 

स्वस्थ मष्तिस्क र शिक्षा

मानिसहरु को को पढाइमा अब्बल छन् भनेर केलाउँदा ९ सय ८३ मानिस पुरै अशिक्षत भेटिए । विशेषगरी डोमिनिकन रिपब्लिकनका ग्रामिण भागका मानिस नपढेका भेटिए । उनीहरुको शिक्षामा सीमित पहुँच थियो । 

सहभागीहरुलाई प्रश्नोत्तर शैलीमा खोज गरिएको थियो । २३७ सहभागी शिक्षित भेटिए । ७४६ को संख्या अशिक्षित रहेको पाइयो । मानिसहरुलाई चिकित्सा विज्ञानका प्रश्नावली, सम्झना र वर्णन गर्न सक्ने परीक्षा शैलीमा प्रश्नहरु सोधिएको थियो । यस किसिमका प्रश्नहरु १८ महिना, २ वर्ष र ४ वर्षका फरक समयमा परीक्षण गरिएको थियो ।

पढ्नाले विर्सने रोग वा डिमेन्सिया कसरी कम हुन्छ ?

२३७ मानिसमा ८३ जना विल्कुल लेख्न वा पढ्न सक्दैनथे । ३५प्रतिशत मानिस शुरु मै यस रोगका शिकार थिए । करिब ७५० मा अशिक्षित थिए १८ प्रतिशत रोगका शिकार थिए । 

अध्ययन को क्रममा २३७ मानिसबाट ११४ मानिस जो लेख्न पढ्न सक्दैनथे उनीहरुमा डिमेन्सियाको रोगको लक्षण प्रचुर मात्रामा भेटियो । ७४६ मानिस जो शिक्षित थिए, २७ प्रतिशत मानिसको स्वास्थ्य स्थिति राम्रो रहेको तथ्याङ्क सार्वजनिक भयो ।

अध्ययनले आयु बढ्नु, आर्थिक सामाजिक हैसियत कम हुनु र मुटु सम्बन्धी रोग हुनु भन्दा अशिक्षित सहभागी जो पढ्न लेख्न जान्दैनन् उनीहरु डिमेन्सिया रोगको शिकार बढि हुने सम्भावना निश्कर्ष निकालेको छ ।

चिकित्सक जेनिफर जे मेन्लि भन्छिन्,“मानिसको शिक्षा, पढाई,लेखन, भाषा, सम्झना र सोचाईको क्षमता अभिवृद्वि तर्फ अग्रसर हुनुपर्छ । यसो भएमा मस्तिष्क तेजिलो हुन्छ । डिमेन्सिया जस्ता खतरनाक रोगबाट हामी बच्न सक्छौं । मानिसले पढ्ने लेख्ने क्षमताको अभिवृद्वि गर्नुपर्छ ।”

अध्ययनले भविष्यका डिमेन्सियाका खोजहरु सन्चालन गर्न चाहिने खर्चको अध्ययन पनि गरेको थियो । मेन्लिले खोज सन्तुलित रहेको र  शिक्षित मानिस कसरी पढ्छन भन्ने बिषयमा केन्द्रित रहेको बताइन् । (एजेन्सीको सहयोगमा)
 

ताजा खबर