सफलताको कथा: यसरी धनी भए राजेन्द्र

तनहुँ, रुपाकोटका राजेन्द्र पौडेल २०५३ सालमा काठमाडौं छिरे । कुनै राजनीति नजानेका पौडेल विद्यार्थी जीवनमै काठमाडौंको संघर्षमा रमाउन सिके । यसै क्रममा नेपाल सरकारको स्थानीय व्यवस्था मन्त्रालयको पीडिडिपि प्रोजेक्टमा ४ वर्ष काम गरेँ । कुनै समय विद्यार्थी मात्र रहेका राजेन्द्र अहिले एक सफल उद्योगी बनेका छन् । दुई छोरा छोरीका पिता हुन् राजेन्द्र । उनको परिवार नै विद्युत सामग्री व्यवसायमा लागेको देखिन्छ । बालाजुमा रहेको उनको व्यवसायिक फर्मको नाम हो, सिटी सप्लायर्स प्रा.लि ।
विद्युत सामग्री व्यवसायको बारेमा के भन्छन् त व्यवसायी राजेन्द्र ? सरल पत्रिका प्रतिनिधि समीर न्यौपानेले उनीसँग गरेको व्यवसायिक संवादको वृत्तान्तमा–
लोडसेडिङ्ग हुँदा र नहुँदा सामान कत्तिको बिक्थ्यो ?
लोडसेडिङ्ग हुँदा र नहुँदा हामीलाई खासै फरक भएन । लोडसेडिङ्ग भएको बखतमा हामीसँग सोलार होम सिस्टमबाट चल्ने सामानहरु जस्तै बल्बहरु, सोलार पाताहरु र ब्याट्रीहरु चैं सामान्य स्टक बस्यो । ठूलै धनराशी क्षती भयो । त्यस बाहेक विद्युतीय सामान विक्रीमा वत्ति हुँदा व्यापार राम्रै छ ।
लोडसेडिङ्ग हुँदा विद्युतिय सामान विक्री बढि हुने र नहुँदा कम बिक्री नहुने हुन्छ ?
लोडसेडिङ्ग हुँदा पनि वैकल्पिक सामान ब्याट्री, इन्भर्टर म बेच्थेँ लोडसेडिङ्ग अन्त हुँदा हाम्रो काम झन गतिशिल भएको हाम्रो अनुभव छ ।
यो व्यवसायमा आम्दानी कत्तिको छ ?
मान्छेले लगनशील भएर काम गर्यो भने जेरो लेभलबाट पनि अर्बपति भएका विश्वका इतिहासहरु छन् । इलेक्ट्रिकल लाइनमा धेरै कमाउन नसके पनि आफ्नो गुजारा चलाउन सकिन्छ, हामी सन्तुष्ट छौं ।
कुन कुन सामग्री बिक्री हुन्छ ?
इलेक्ट्रिकल सामानहरु जस्तै विद्युतिय तारहरु, स्वीचहरु, एमसीबीहरु, हाउस वायरिङ्गमा लाग्ने सम्पूर्ण सामानहरु सबै हामीहरु बेच्छौं ।
पसल कहिले खोल्नुभयो ? कुन कुन स्थानमा छ ?
व्यापार शुरु गरेको २०५७ सालबाट । हालको बालाजुको सिटी सप्लायर्स प्रा.लि. खोलेको ३ महिना भयो । काठमाडौं इलेक्ट्रिकल्स, सिटी लाइट हाउस, एभरेष्ट इन्टरनेशनल छन् ।
के विद्युतिय सामग्री सबै विदेशी सामान हुन् ?
विद्युतिय सामानमा स्वदेशी सामान एकदमै न्यून छ । जस्तै उदाहरणको लागि मान्नुहुन्छ भने नेपालमा पाइने एउटा मात्रै चिज हो त्यो हो तामा । यसलाई कपर हाउस वायरिङ्ग केबल भन्छन् । तामाका तारहरु युरोपियन गुणस्तर सरह रहेको तर बाँकी ८० प्रतिशत सामानहरु विदेशीबाटै आयतित सामानहरु हुन्।
नेपालमा बन्ने सामान चैं तार मात्रै ?
तार, कसै–कसैले स्वीचहरु पनि । कोहीले बाहिरबाट कच्चा सामग्री ल्याएर साथी भाइहरुले बनाउँछन् । त्यति मात्रामा खासै छैन ।
उर्जा सामग्रीमा आत्मनिर्भर हुन के गर्नुपर्छ ?
उर्जा सामग्रीमा नेपाल आत्मनिर्भर हुन पहिलो त यहाँ कलकारखाना खोल्नको लागि नेपाल सरकारले अनुदान दिने, पहल गर्ने, हुलहुज्जत नगराउने गर्नुपर्छ । व्यवसायीहरुको सुरक्षा हुनुपर्छ । विदेशी लगानी भित्रियोस् । आजभोली नेपाल सिमेन्टमा आत्मनिर्भर छ । यसो भएमा प्रति व्यक्ति आय पनि बढ्ने थियो ।
के उर्जा संकट अहिले पनि छ ?
अहिले त्यति छैन । दुई चार वर्ष अगाडी दिनको १८ घण्टासम्म लोडसेडिङ्ग हुने कोलाहाल अवस्था थियो । त्यस्तो अवस्था चैं अहिले पक्कै होइन । नेपालमा धेरै सुधार भाको छ । यसैगरी विद्युतिकरण सबै ठाँउमा पनि हुँदै गाको छ । यस स्थिति रहेमा कलकारखाना बढ्छ भन्ने विश्वास छ ।
एउटा सानो विद्युतिय व्यवसाय गर्न लगानी कत्तिको चाहिन्छ ?
हो । विद्युतिय व्यवसाय सन्चालन गर्न विभिन्न खालका हुन्छन् । शुरुबाट सन्चालन गर्दा मानौं पूँजी, आफूसँग अलिकत शिप छ भने त्यसमा राम्रो मानिन्छ । नसिकिकन लाग्न उपयुक्त हुँदैन । विद्युतिकरण सम्बन्धि थोरै ज्ञान हुँदा साह्रै राम्रो हुन्छ । त्यसमा मान्नुस अहिलेको वस्तुस्थितिमा तिन वा चार लाखबाट शुरु गर्न सकिन्छ ।
विद्युतिय ज्ञान नभएको मानिस लगानी राखेर काम गर्न सक्छ ?
सक्छ । मान्छेमा इच्छा र जाँगर शक्ति हुनुपर्छ । यदि त्यो भन्दैमा पनि गर्नै नसक्ने पनि होइन । म पनि इलेक्ट्रिकल फिल्डको मान्छ होइन । मैले पनि जेरो लेभलबाटै शुरु गरेर आएको मान्छे हुँ । र आज १८ वर्ष भैसक्यो व्यवसाय गरेको । मान्छे इच्छा र जाँगर शक्ति भयो भने केही पनि छैन । जस्तै उदाहरणको लागि मान्नुस पाइलटले जाहाज उडाउन जानेर आएको पहिल्यै हुँदैन । जोस, जाँगर त हुनुप¥यो । लगाव हुनु प¥यो । ज्ञान हुनुप¥यो । विषयवस्तुको अध्ययन हुनुप¥यो ।
घर निर्माण गर्दा आवश्यक विद्युतिय सामाग्रीहरु कुन कुन हुन ?
आवश्यक सामग्री भन्नु भएको छ । त्यो क्वालीटिका सामानहरु जस्तै तारहरु भए । स्विचेचहरु अलिकति राम्रो भए । एमसिविज राम्रो राख्नुप¥यो । जुन सामग्रीबाट भोल्टेज ड्रप नहोस । एनएस अथवा इन्टरनेशनल स्ट्यान्ड्रडका समानहरु राख्दा राम्रो ।
कामदार कति छन् कसरी व्यवस्थापन गर्नु भएको छ ?
अहिले हामीसँग १५/१६ जना स्टाफ छन् । हामीले विभिन्न क्षेत्रमा परिचालन गरेका छौं । कोही भाई मार्केटिङ्गतिर हेर्नुहुन्छ । कोही बहिनी एकान्टमा हुनुहुन्छ । कोही अफिसियल काम गर्नुहुन्छ । कोही स्टोर हेर्नुहुन्छ । यसराी बाँडफाँड गरेका छौं ।
तलब कति दिनु भएको छ ?
यसमा नेपाल सरकारले निर्धारण गरेको भन्दा केही रुपिया माथि जुन दुवै जनाको आपसि समझदारीमा ।
परिवारको सदस्य को को काम गर्नु भएको छ ?
मेरा परिवारका सदस्य सबै एकै लाइनमा हुनुहुन्छ । जस्तै मेरो दाई भाउजु, भाई बुहारी, म, मेरो श्रीमती सबै यही लाइनमा काम गर्छौं । यदी काम गर्ने जति सबै यो लाइनमा छौं ।
घरभाडा कति तिर्नु हुन्छ ?
करिब करिब हामीले सबै ठाँउको गरेर ३÷४ लाख जति तिर्ने गरेका छौं ।
व्यापार नहुने महिना चैं कुन हो ?
व्यापार नहुने महिना इलेक्ट्रिसिटी लाइनको करिब करिब पानी पर्ने सिजन जुन बैशाख, जेठ, असान त्यो बेलामा कुनै पनि बाहिर पट्टीको काम गर्न अफ्ठ्यारो हुन्छ ।
व्यापार नभएको महिना कत्तिको गाह्रो हुन्छ ?
पक्कै पनि व्यापार नभएको बेलामा त अफ्ठ्यारो नै हुन्छ । तैपनि हामीले सिजनको कमाइले व्यापार नभएको महिनाहरुमा कर्मचारी खर्च, गोदाम भाडाहरु, घर भाडाहरु धान्ने गर्छौं ।
लगभग लगानी कतिको भएको छ ?
अहिले हामीले स्टार्टिङ्ग फेजमा करिब १ लाखको लगानि हो हाम्रो कम्पनीमा । आज करिब करिब ४ करोड भन्दा बढिको लगानी छ ।
उद्योगहरु पनि छन् कि ?
उद्योगहरु जस्तै हामी पार्टनरसिपमा छौं युनाइटेड केबल इण्डष्ट्रिज प्रा.लि हामीले खोलेका छौं । अर्को नेपाल मैं एसेम्बल्ड गर्ने कम्पनी जस्तै स्विचहरु भए, लेड बल्बहरु भए जुन विद्युत खर्च कम होस भनि नेपालमा ल्याएर एसेम्बल्ड गरेका छौं जो अर्चिड इलेक्ट्रिकल्स भन्नेले गर्दै आइराखेको छ ।
होलसेलर र रिटेलरमा के भिन्नता छ ?
नेपालको हकमा होलसेल भन्नाले जसले सामान इम्पोर्ट गरेर ल्याउनु हुन्छ उहाँले कार्टुन नखोली बेच्ने व्यक्ति वा संस्थालाई होलसेल भनिन्छ । रिटेलर भन्नाले तिनै होलसेलर बाट ल्याएर सटर खोलेर १ पिस २ पिस बेच्ने मान्छेलाई रिटेलर भनिन्छ । वास्तवमा नेपालमा होलसेल र रिटेलको परिभाषा नै छैन । होलसेल गर्ने मान्छेले नि एक पिस दुई पिस बेचिदिएको छ ।
युवा उद्यमीलाई के भन्न चाहनुहुन्छ ?
जो साथीभाईहरु युवा उद्यमीहरु हुनुहुन्छ उहाँहरुले राम्ररी गर्नुस । मन दिएर काम गर्नुस । जुन काममा पनि राम्रो छ । काम गर्दा हुन्छ । एक्लै नबस्नुस ।
नेपाल सरकारले व्यवसायीलाई के मद्दत गरेको छ ?
तत्काल सरकारले व्यवसाय गर्ने पोलिसी नेपालको हकमा राम्रै छ । जुन व्यक्तिहरु अफ्ठयारोमा परेको छ । जुन उद्योगहरु लगानि गर्नको लागी नेपाल सरकारले वातावरण पहिलाको तुलनामा केही सहज छ । हुलदंगा आतंक अलि कम छ । त्यहिसावले वातावरण मिल्यो । अनुदान दियो । राजस्वहरुमा केही छुट दियो भने राम्रै हुन्छ ।
लेड लाइटको बारेमा के भन्नुहुन्छ ? आँखाको लागि राम्रो छैन भनिन्छ नि !
हो । म पनि त्यसको विज्ञ त होइन । मैले पनि फिलामेन्ट बल्बहरु पहिला आएका थिए । फिलामेन्ट बल्ब भन्दा लेड बल्बहरु केही हानिकारक छ भन्ने त कुरो हो । र पनि नेपालको हकमा लोडसेडिङ्ग मुक्त अब हुँदैछ । त्यसको पुर्ति गर्न व्यवसायीलाई लेड बल्ब चलाउन बाध्यता थियो । अरु ग्राहकहरुलाई पनि बाध्यता थियो ।
तपाईँको शुरुको काठमाडौंको जीवन र अहिलेको जीवनमा के भिन्नता छ ?
मेरो व्यक्तिगत जीवनको बारेमा भन्नुहुन्छ भने म शुरुमा काठमाडौं छिरेँ । त्यो बेलामा म पढ्न आएको विद्यार्थी हुँ । पढ्न आएको विद्यार्थी म केहि समय रोजगार पनि गरेँ । मैले जागिर खाएँ । मानिसको जीवनमा परिवर्तन त भै हाल्छ । शहर पसियो । शहरमा केही कामहरु गरियो । देखियो । जानियो । बुझियो । त्यही अनुसारको व्यवसाय गरियो गर्दै गैईयो । स्थापित भइयो । शुरुको दिन र अहिलेकोमा फरक त पक्कै भएको हो । हुन्छ जसको पनि । मेरो पनि फरक पक्कै छ ।
तपाईँले उपलब्धि के गर्नु भयो ?
हो । काठमाडौंमा पढ्न आएको केटाले काठमाडौंमा ठीक छ अहिले तत्कालको हक ३ चार वटा ठाउँमा घर छ । राम्रै छ । जग्गाहरु छन् । ठीक छ । हामी सन्तुष्ट छौं ।
मानिसको सामानको रोजाई ब्रान्डेड हुन्छ कि सस्तो ?
नेपालको हकमा २ किसिमको मानिस भेटिएको छ जुन मैले १८ वर्षको व्यापारमा अनुभव गरेँ । एउटा किसिमको मानिस मलाई ब्रान्डेड गुणस्तरयुक्त सामान दिनुस भन्ने पनि व्यक्ति हुनुहुन्छ । अर्को समूह तत्कालको लागि कामचलाउ सामान दिनुस भन्ने पनि छ । बरु कम गुणस्तरको भए नि हुन्छ भन्ने पनि छ ।
जाडो याममा प्रयोग हुने सामान के हो ?
सोलार वाटर हिटर भयो जसमा पानी तताउन पैसा खर्च गर्नु पर्दैन । वाटर किट्ली, रुम हिटर न्यानो गर्ने सामानहरु हुन् यि नै ।
तपाईँकोमा रहेको महँगो सामान कुन हो ?
ब्राण्डेड सामान सबै महँगो हुन्छ । मेरोमा बिक्री हुने सामानमा महँगो झुमर, सोलार वाटर हिटर तपाईँको घामबाट बत्ति बाल्ने सोलार , पानी तताउने सोलार, डिस्पेन्सरहरु, वाल लाइटहरु, किचन चिम्नी, इलेक्ट्रिसिटीबाट चल्ने गिजर, ब्रान्डेडमा क्रम्प्टन, ओरियन्ट होलान सबै महँगा छन् ।
अहिले बजारमा बढि चल्ने विद्युतिय सामग्री कुन हु्न् ?
हाउस वायरिङ्ग, तारहरु अहिले आएर विस्तार विस्तारै इलेक्ट्रिक चुल्होहरु, इलेक्ट्रिक जगहरु जुन सुविधा सम्पन्न सामानहरु जुन अहिले चल्दै आइरहेका छन् जस्तै सोलार वाटर हिटर भए ।
अहिले बजारमा बढि चल्ने घरायसी र उपयोगी समान के छन् ?
पानी तताएर खान अहिले पर्दैन । डिस्पेन्सर छन्, वाटर किट्ली छन्, गीजर छन् ।
सिटी सप्लायर्स प्रा.लि र उपभोक्ता बीच सम्बन्ध के छ ?
सिटी सप्लायर्स र ग्राहकका बिचमा सुमधुर सम्बन्ध छ । त्यही सम्बन्धले नै अहिलेको ठाउँमा आइपुगेको हो भन्ने मेरो बुझाइ हो ।