पानीमुनि यसरी लगाइन् आलियाले आगो

२०७६ मङ्सिर ५ बिहीबार १५:३८:०० मा प्रकाशित

बलिउड सुन्दरी आलिया भट्ट पछिल्लो समय निकै चर्चामा छिन् । उनले अभिनय गरेका फिल्म हिट हुँदै आएका छन् । त्यसमाथि उनको अभिनयको समेत निकै तारिफ हुने गर्छ ।

उनै सुन्दरी आलिया सामाजिक सञ्जालमा समेत निकै सक्रिय हुने गर्छिन् । सामाजिक सञ्जालमा उनले फोटो तथा भिडियो शेयर गरिरहेकी हुन्छिन् ।हालै उनले पानीमुनि फोटोशुट गरेकी छिन् । उनको उक्त तस्विरहरु सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

आलियको तस्विरहरुमाथि विभिन्न प्रतिक्रिया आइरहेका छन् । कतिपयले पानीभित्रै आलियाले आगो लगाइन् भनेर कमेन्ट गरेका छन् । उनले सामाजिक सञ्जालमा फोटो भिडियो शेयर गर्नासाथ उक्त पोस्ट निकै भाइरल हुने गर्छ । सामाजिक सञ्जालमा उनको फ्यान फलोइङ राम्रै छ ।

आलिया संजय लीला भन्सालीको नयाँ फिल्म गंगूबाइमा देखिदै छिन् । यस फिल्ममा पहिले प्रियंका चोपडाको नाम अगाडि आएको थियो । तर, अहिले भने यस फिल्मको लिड रोलमा आलियालाई फाइनल गरिएको छ ।

ताजा खबर