पहिलो साउदी महिला, जो घोडचढीमा भिड्दैछिन्

२०७६ मङ्सिर ४ बुधबार १६:२१:०० मा प्रकाशित

साउदी अरेबियाकी खेलाडी डाल्मा मल्हासबारे अरब मुलुकमा अहिले चर्चा छ ।

घोडचढीको प्रतिष्पर्धामा सहभागी भएपछि अरेबिक मिडियामा उनले चर्चा पाएकी हुन् । त्यसो त, मल्हास पहिलो साउदी महिला एथ्लेट्स र घोडचढी खेलाडी हुन् । २०१० को ओलम्पिकमा समेत सहभागी मल्हासले घोडचढी प्रतिष्पर्धामा भाग लिने पहिलो साउदी महिलाको इतिहास रच्दैछिन् । ओलम्पिकमा कांस्य पदक समेत पाएकी थिइन् ।

घोडचढीको रुपमा मल्हासले ‘दिरिया इक्वेस्ट्रियन फेस्टिबल’मा प्रतिष्पर्धाको तयारी गरेकी हुन् । ‘लामो समयदेखि म यही प्रतिक्षामा थिएँ । म ज्यादै उत्साही छु । आफ्नै मातृभूमिमा प्रतिष्पर्धा गर्न मेरा लागि पहिलो पटक हुनेछ,’ उनले भनिन् ।

उक्त फेस्टिबल ऐतिहासिक दिरियास्थित अल दुहमीमा हुनेछ । जुन साउदी अरेबियाकै पहिलो र ऐतिहासिक हुनेछ । डिसेम्बर १२ देखि १४ र १९ देखि २१ गतेसम्म हुने प्रतिष्पर्धामा १ सय ५० घोडचढीका खेलाडी सहभागी हुने बताइएको छ । साथै १५ सय जति दर्शक सहभागी हुने अपेक्षा गरिएको छ ।

ताजा खबर