फेसबुकको नाफा तीन अर्ब डलर

२०७४ असार ४ आइतबार ०९:०७:०० मा प्रकाशित

काठमाडौं, ४ असार । अमेरिकाको सानफ्रान्सिस्कोमा मुख्य कार्यालय रहेको फेसबुकले सन् २०१७ को प्रारम्भका चार महिनामा ८ अर्ब डलरभन्दा बढीको कारोबार गरेको छ । समाचार एजेन्सीहरूका अनुसार, उक्त कारोबार गत वर्षको पहिलो चार महिनामा भएको भन्दा ४९ प्रतिशत बढी हो । यस अवधिमा फेसबुकले ३ अर्ब डलर बराबरको नाफा आर्जन गरेको समाचारमा उल्लेख छ ।

कम्पनीले सन् २०१७ को पहिलो चार महिनामा ८ करोड मासिक प्रयोगकर्ता बढाएको छ । अहिले फेसबुक सक्रिय रूपमा प्रयोग गर्ने मासिक प्रयोगकर्ता १।९४ बिलियन छन् भने दैनिक फेसबुक प्रयोग गर्ने सक्रिय प्रयोगकर्ताहरू १।२८ बिलियन छन् । यसको मुनाफाको अधिक अंश विज्ञापनमार्फत उठ्ने गर्छ । एजेन्सी 

ताजा खबर