यसकारण गरे चिलियन गायिकाले नग्‍न विरोध प्रदर्शन

२०७६ मङ्सिर १ आइतबार १६:३३:०० मा प्रकाशित

चिलीमा बढ्दो आन्दोलनको क्रममा प्रदर्शनका अनेक रुप देखिँदै छन् ।

चिलियन चर्चित गायिका मोन लाफेर्तेले लस भेगसस्थित ल्याटिन ग्रामी अवार्ड ग्रहण गर्न जाँदा ‘टपलेस’ भएर प्रस्तुत भएकी थिइन् । उनले आफ्नो नग्न शरीरमा सरकार विरोधी नारा लेखेकी थिइन् ।

पछिल्लो समय प्रदर्शनकारीमाथि प्रहरीको दमन तथा बलात्कारका घटना बढेपछि उनले विरोधको यस्तो शैली अपनाएकी हुन् । चिलीमा पछिल्लो एक महिनामै प्रहरीले प्रहार गरेका अश्रुग्यास र रबर गोलीका कारण २ सय भन्दा धेरै दृष्टिविहीन भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

चिलियन उच्च स्वास्थ्य निकायका अनुसार २ सय ३० जनाले दृष्टि गुमाएका छन् । मेडिकल कलेज अफ चिलीका डा. प्याट्रिसिओ मेजाले प्रहरीले अश्रुग्यास प्रहार गर्दा आम रुपमा स्वास्थ्य संकट उत्पन्न भएको बताएका छन् ।

यस्तैमा गायिका मोन लोफेर्तेले एक प्रतिष्ठित अवार्ड लिन स्टेजमा उक्लिँदै गर्दा शरीरको माथिको भाग नग्न बनाएर विरोधका नारा लेखेकी हुन् । यस्तो गरेकोमा चिलीमा अधिकारकर्मीहरुले उनको प्रशंसा गरेका छन् । चिलीमा गत महिना सार्वजनिक सवारी भाडादरको कारण सुरु विवादले देशव्यापी आन्दोलनको रुप लिएको छ ।

ताजा खबर