मोबाइल चलाउने बानी बालबालिकाको लागि हानिकारक !

२०७६ कार्तिक ३० शनिबार ११:५६:०० मा प्रकाशित

तपाईँका बालबच्चा मोबाइल वा स्मार्ट फोन कत्तिको चलाउँँछन् ?यदि मोबाइल फोन नभै नहुने लत लागेको छ भने सावधान रहनोस्,तपाईंका बालबालिका गलत बानीको शिकार भैसकेका छन् । उनीहरुलाई यो बानीबाट अलग गर्ने उपाय खोज्न ढिलो नगर्नोस् । सकेसम्म चाँडो यसबाट जोगाउन सकिएन भने बालबच्चा गलत बानीको शिकार हुने विशेषज्ञहरुले चेतावनी दिएका छन् ।यस्ता प्राविधिक सामग्री चलाउने बानी लाग्नु असामान्य हुने एक वैज्ञानिक खोजले निचोड निकालेको छ ।

सन् २०१८ को जनवरीमा १ हजार २४ जना अभिभावक माथि गरिएको सर्वेक्षणमा उनीहरुले आफ्नो बालबच्चाले मोबाइल निकै बढि चलाउने बताएका थिए । तीमध्ये ४७ मध्ये अभिभावकले आफ्नो १८ वर्ष मुनिका बालबच्चामा मोबाइल चलाउने बानी रहेको बताए भने ३२ प्रतिशतले आफ्ना बालबालिकामा आफू जत्तिकै प्रविधिमा रुची रहेको सुनाएका थिए ।

मोबाइल स्क्रीनमा दिनहुँ टाँसिनु बालबालिकालागि फाइदा नहुने र लत बस्ने बैज्ञानिकहरुको तर्क छ । अभिभावकहरुका अनुसार बालबालिकाले युटुयुब बढि चलाउने गरेका छन् । अभिभावकको मनोमानि बालबच्चामा युट्युव जस्ता सामाजिक सञ्जालले कम गरिदिने बताइएको छ  । अर्को फेसबुक हो । फेसबुक म्यासेन्जरमा बालबालिकाले धेरै नै समय बिताउँछन् । १ सयभन्दा बढि विज्ञहरुको तर्क छ,फेसबुक जस्ता सामाजिक सञ्जालमा घण्टौ घोत्लिनु बालबालिकाको स्वास्थ्य बिकासमा नकारात्मक असर पर्छ ।  विज्ञहरुले फेसबुकका प्रमुख मार्क जुकरवर्गका लागि लेखिएको एक चिठ्ठीमा भनेका छन्– “कलिला बालबालिकाहरुलाई सामाजिक सञ्जालका एकाउण्टहरु खोल्न दिइनु हुँदैन ।”

बालबालिकाहरु त्यस्ता प्रविधिमा आफ्नो सम्बन्ध बिकास गर्दा कहिलेकाहीँ गलत बानिव्यहोरा निकाल्छन् । विवादको घेरामा तानिन्छन् । तस्विर, गोपनियता, वार्तालाप र दृश्य आदि सामाजिक संजालमा साटासाट हुँदा सावधानी अपनाउनु पर्छ । कहिलेकाहीँ ठूला मानिसहरु पनि समस्यामा पर्छन ।” 
फेसबुकले बालबालिकाको लागि म्यासेन्जर किड्स ए्याप खोलि दिएको छ । भनिन्छ, फेसबुकमा सन्देश प्रवाह बालबालिकाले धेरै मात्रामा गर्छन् र यसको बजार पनि ठूलो छ ।

अध्ययनले ९३ प्रतिशत ६ देखि १२ उमेरका शिशुहरुले मोबाइल बोक्ने र ६६ प्रतिशतको त आफ्नो मोबाइल तथा स्मार्टफोन उपकरण हुने बताएको छ । 
फेसबुक संस्थाले म्यासेन्जर किड्स एयापमा विज्ञापन राख्न दिएको छैन । युट्युबमा भने कोकाकोला तथा ओरियो जस्ता ब्राण्डका विज्ञापन समावेश गरिएको छ ।

सामाजिक संजालमा आउने नयाँ कार्यक्रमले बालबालिका तथा वयस्कहरुलाई साथी तथा समाजसँग आफ्नो भावना र सन्देश प्रवाह गर्न मद्दत पु¥याउँछ । 
त्यस्तै सामाजिक सञ्जालले बालबालिकाको स्वस्थ रुपमा समाजप्रति हेर्ने दृष्टिकोण अलग बनाउन सक्छ । बाल विशेषज्ञ डा. वेरी जुकरम्यानले आफ्नो एक लेखमा लेखेका छन्– “बालबालिका मोबाइलको पारखी रहेमा उनीहरु समाजिक अन्तवरक्रियाबाट टाढा रहने र उनीहरुको अरु दैनिक कार्यमा पनि बाधा पुग्ने पाइएको छ ।”   

ट्याब्लेट र स्मार्टफोनले चिकित्सा र शल्यक्रियाबाट टाढा राखेको पाइएता पनि कार चलाउँदा, रेष्टुरेन्टमा खाँदा वा काम गर्दा बालबालिकामा उत्तेजना पैदा गर्छ । धेरै समय मोबाइल स्क्रिन चलाउँदा बालबालिकाको भाषिक बिकासमा बाधा पर्न आउँछ । उनीहरुलाई हेरचाह गर्ने, साथी र परिवारका सदस्यहरुको सम्बन्ध टाढा रहन्छ ।

किन अभिभावकले बालबालिकालाई मोबाइल जस्ता उपकरण टाढा राख्न बल पु-याउनु पर्छ ?
१) बालबालिकासँग सधैं अभिभावकले अन्तरक्रिया गर्नु पर्ने हुन्छ । गेम र एयाप् सिकाऔं । हेरौं अब उनीहरु कसरी चलाउँछन् ।
२) हत्या, हिंसा तथा यौन र वेभ सम्बन्धी साइटहरुबाट टाढा राख्ने ।
३) बालबालिकाको सामाजिक सञ्जालको समय अभिभावकले निर्धारण गर्ने र चनाखो रहने ।
४) उनीहरुलाई पढ्न, चेस खेल्न, पजल खेल्न उत्प्रेरित गर्ने ।
५) साथी वा परिवारका सदस्यसँगको प्रत्यक्ष कुराकानीको लागि समय बनाउने ।
६) विदाका दिनहरुमा चेस खेल्न, पढ्न, पौडीन, साइकल चलाउन, पारिवारिक यात्रा तर्फ ध्यान पु-याउने । (विभिन्न स्रोतबाट)


 

ताजा खबर