दीपिका र रणवीरले यसरी मनाए ‘एनिभर्सरी’

२०७६ कार्तिक २८ बिहीबार १७:०६:०० मा प्रकाशित

 बलिउडस्टार रणवीर सिंह र दीपिका पादुकोणले आफ्नो पहिलो विवाह वर्षगाँठ तिरुमाला मन्दिरमा धुमधाम साथ मनाए ।

मन्दिरमा उनीहरुले खिचेका तस्बिर बिहीबार बिहानैदेखि सामाजिक सञ्जालमा भाइरल बनाइएका छन् । खासगरी उनीहरुका समर्थक र शुभचिन्तकहरुले उनीहरुको तस्बिर पोस्ट गर्दै शुभकामना र बधाइ दिएका छन् ।

तस्बिरमा दीपिका वेहलीले लगाउने सारी र गहनामा सझिएकी देखिन्छिन् । रणवीर भने परम्परागत कुर्तामा थिए । स्थानीय मिडियाका अनुसार दीपिकाले लगाएको उक्त सारी उनले परिवारकै सदस्यबाट उपहारमा पाएकी हुन् ।

सामाजिक सञ्जालमा तस्बिर राख्दै शुभकामना दिने समर्थकहरुलाई सम्बोधन गर्दै दीपिकाले आफूहरु धन्य भएको प्रतिक्रिया दिएकी छन् । साथै उनीहरुलाई धन्यवाद दिएकी थिइन् । जनवरी १० मा सार्वजनिक हुँदै गरेको फिल्म ‘छपाक’मा दीपिका मुख्य भुमिकामा देखिनेछिन् । दीपिका र रणवीरको जोडीलाई 'आदर्श जोडी' को रुपमा बलिउडमा टिप्पणी हुनेगर्छ ।

ताजा खबर