‘सायद २’ ले पोखरा घुमाउने

२०७४ असार ४ आइतबार ०८:२९:०० मा प्रकाशित

काठमाडौं, ४ असार । नेपाली चलचित्र ‘सायद–२’ ले आफनो प्रर्दशनको प्रचार प्रसार तिव्र बनाएको छ ।  असार ३० गतेबाट अल नेपाल प्रदर्शन हुने फिल्म दुर्गिश फिल्मस्को ब्यानरमा सुनिल रावलले निर्माण रहेको फिल्म हो ।  प्रचारप्रसारको क्रमलाई तीव्र पार्ने क्रममा निर्माण पक्षले नयाँ तरिकाले चलचित्रको प्रोमोशन सुरु गरेको छ । चलचित्र ‘सायद–२’ को  फेसबुकको प्रोफाइल फोटा जताततै  बनाएको देख्न सकिन्छ । फिल्मले फेसबुकमार्फत दर्शक तथा समाजिक सञ्जालका प्रयोगकर्तासँग जोडिन पुगेको छ । 

एप्स सार्वजनिक गर्नु भनेको दर्शकसँग प्रत्यक्ष जोडिने प्रयास गर्नु हो, निर्माता सुनिल भन्छन् ‘जसले बढी एप्स प्रयोग गरेर ‘सायद–२’ को नाम अङ्कित आफ्नो तस्बिर बनाउँछ अथवा बढी प्रचार प्रचारमा सहयोग गर्छ उसलाई गोलाप्रथा बाट छानिएका भाग्यमानी २ जनाले २ दिनको पोखरा भ्रमण जान पाउनेछन् भने श्रीमान श्रीमती वा केटा र केटी साथी जो पनि जान पाउने छन् ।’

‘सायद–२’ ले ल्याएका २ जोडिलाई २ दिन पोखरा खान, बस्न र घुमाउन सबै खर्च ‘सायद–२’ को टिमले गर्नेछ । सुशील श्रेष्ठ, निशा कार्की, स्यारोन श्रेष्ठ, अमृत ढुङ्गाना, कुशल पाण्डेको अभिनय रहेको फिल्मलाइ पुष्पराज न्यौपानेले निर्देशन गरेका हुन । फिल्ममा सुनिलसँग ईश्वर श्रेष्ठ र सुवास लामिछाने निर्माणमा सहकार्य गरेका छन् । हेमदेव गौतम र कृष्ण प्रधान पनि सह–निर्माताको रुपमा छन् । 

ताजा खबर