देशको सीमा मिचिएको बेला सुन्नैपर्ने यो गीत

२०७६ कार्तिक २५ सोमबार १६:४६:०० मा प्रकाशित

काठमाडौं । नेपालको सीमाना अतिक्रमण भैरहँदा सरकार,राजनीतिक दलहरु र नागरिक संघसंस्थाको जुन किसिमको प्रतिक्रिया आउनु पथ्र्यो, त्यस्तो नदेखिएको चर्चा चलिरहेको छ यतिबेला । 

नेपालको शदीयौं पुरानो छिमेकी भारतले बलमिचाहा शैलीमा आफ्ना सेना राखेर नेपाली भूमि ओगटेको मात्र होइन,आफूले मिचेको सीमाना झल्किनेगरी नक्शा नै सार्वजनिक गरेको छ । यसप्रति नेपाल सरकारले चासो प्रकट नगरेको होईन । सर्वदलीय छलफल समेत गरेको छ भने संसदीय समितिमा पनि यसबारेमा चर्चा भएको छ । तर नागरिक तहमा सरकार र प्रमुख प्रतिपक्ष समेतका दलहरुको कामप्रति चर्को असन्तोष प्रकट भैरहेको छ । सामाजिक सञ्जालमा यसबारेमा अनेक किसिमका बिचार र प्रतिक्रियाको बाढी नै चलेको देखिन्छ ।

देशको सार्वभौमिकतामा खुल्लमखुल्ला अतिक्रमण भएको प्रमाण सार्वजनिक हुँदा समेत सरकार र दलहरु कोठे छलफल र परामर्शमा अलमलिएर झारा टारिरहेको तर उपयुक्त प्रतिक्रिया जनाउन हिच्किचाईरहेको भन्ने किसिमका बिचारहरु सामाजिक सञ्जालमा छ्यापछ्याप्ती देख्न पाईन्छ ।

यसै सन्दर्भमा एकजना सर्जकले देशको सार्वभौमिकता र अखण्डताप्रति सबैजना उदासिन रहेको भन्दै गीतको माध्यमबाट झक्झक्याएका छन् । गीतकार सुनिलराज उप्रेतीले रचेको देशभक्तिपूर्ण सन्देश बोकेको गीतमा सार्वभौमसत्ता सम्पन्न नेपालको रक्षा गर्न किन सरोकारवाला सबै मौन,उदासिन र किंकर्तव्यभिमूढ भएको भन्ने किसिमको सन्देश सुन्न पाईन्छ । 
यतिबेला निकै महत्वपूर्ण अर्थ राख्ने यो गीतमा लोकप्रिय गायक दाजुभाई सत्य–स्वरुपराज आचार्यको संगीत र स्वर रहेको छ भने यसको सान्दर्भिकता पनि गहकिलो रहने विश्वास गर्न सकिन्छ ।
  

 

 

ताजा खबर