भन्सालीको फिल्म खेल्ने भूमिको इच्छा

२०७६ कार्तिक २५ सोमबार १४:१६:०० मा प्रकाशित

बलिउड अभिनेत्री भूमि पेडनेकर र आयुष्मान खुराना अहिले चर्चामा छन्। हालै रिलिज भएको दुवैको फिल्म ‘बाला’ बक्स अफिसमा सफल भएपछि उनीहरूको चर्चा चुुलिएको हो। अब भूमि आयुष्मानसँग फिल्ममेकर सञ्जय लीला भन्सालीको फिल्ममा काम गर्न चाहन्छिन्।

भूमिले भनिन्, ‘मैलेले आयुष्मानसँग धेरै रोमान्टिक फिल्ममा काम गरेकी छु। तर अब म आयुष्मानसँग एक यस्तो रोमान्टिक र मन छुने फिल्ममा काम गर्न पाऊँ जसको निर्देशन भन्सालीले गरून्।’

‘पछिल्लो दुई वर्ष काम मात्रै गरिरहेको छु। गत वर्ष सेप्टेम्बरदेखि अहिलेसम्म मैले सातवटा फिल्मको सुटिङ सकाएको छु। यो मेरो करिअरको धेरै राम्रो समय हो। यो स्पिडलाई म मस्त सुरुआत भन्न चाहन्छु। धेरै राम्रो भूमिका निर्वाह गर्न पाइरहेकी छु। फिल्म बालामा एक सर्वगुण सम्पन्न युवतीको भूमिकामा छु’, उनले भनिन्।

आयुष्मानको तारिफ गर्दै भूमिले भनिन्, ‘आयुष्मान एकपछि अर्को फिल्ममा झन् राम्रो बन्दै गइरहेका छन्। उनी आफ्नो भूमिकालाई प्रयोगको रूपमा लिन्छन्। आयुष्मान मेरा लागि स्पेसल छन्।’

ताजा खबर