वैज्ञानिक निष्कर्ष– ‘संगीतले मानिसको कार्यशैलीमा परिवर्तन ल्याउँछ'

२०७६ कार्तिक २५ सोमबार १३:०२:०० मा प्रकाशित

  पप गीत नसुन्नेहरु आश्चर्य र नौलो मान्छन् तर रोचकता के छ भने नवीनताका साथ पप गीतले मानिसमा खुशी र आनन्द थपिदिन्छ ।’ 

जर्नल करेन्ट बाइलोजिका अनुसार १९५८ र १९९१ मा निस्केका १०० अमेरिकी विलबोर्डमा समावेश भएका ७४५ पप गीतमा ८० हजार गितारका कर्डहरु प्रयोग भएको पाइएको छ ।

अन्वेषणकर्ताहरुले जर्मनी, नर्वे, डेनमार्क र बेलायतमा गीतारका कर्डमा प्रयोग गरिएका ध्वनीबाट मिश्रित रुपमा निस्कने आश्चर्य र छक्कलाग्दा धुनका बारेमा ३९ जना वयस्कलाई उनीहरुको भावनाको बारेमा प्रश्न गरियो ।
 
 प्रत्येकलाई कर्ड चलाउँदै प्रश्न गरियो, सहभागीले खुब आनन्द लिए । उनीहरुले खुशीको महशुस गरेको प्रतिक्रिया जनाए । अच्चम, कर्डको बारेमा उनीहरुको धारणा थियो हामी कर्डका धुनबाट आफ्नो जीवनको प्रत्येक समय उपलब्धिमूलक हुने भनेर सम्झिन्छौं ।

धेरै धुनहरु सहभागीहरुले सुनेका थिए । संगीत उनीहरुको सुखी जीवनको पाटो थियो ।

म्याक्स प्लान्क संज्ञानात्मक र मष्तिस्क विज्ञानका संस्थाका जर्मनी प्रमुख भिन्सेन्ट चेंग अन्वेषण कर्ता बयान गर्छन,“मानिसको संगीतको रोजाई र उनीहरुको खुशीको बीचमा धेरै कालान्तर देखि विशेष सम्बन्ध छ । सुमधुर संगीतले मानिसको नयाँपन र भविष्यका क्षणमा तादम्य ल्याउँछ । मानिसको मष्तिस्कका लागि संगीतले भरपुर आनन्द दिन्छ । हामी क्षितिजमा पुगेको जस्तो भान हुन्छ ।”

चेगंको अनुसार मानिसको कुनै रोचक कुरा हुने आशा संगीत बाटै गर्छ । विगतका अध्ययनका अनुभवले मानिसको नौला खुशी संगीत मार्फत पाइने निश्कर्ष निकालेको उनी व्यक्त गर्छन।

मानिसहरु आफ्नो समयको परिकल्पना समयद्वारा गर्छन् भन्न पनि उनी छुटाउँदैनन् । खोजहरुले संगीतका कृत्रिम प्राविधिक विधि संगीतकारहरुलाई संगीत लेखन र गायन कलामा मद्वत पु¥याएको पनि छ ।

लण्डन क्वीन म्यारी विश्वविद्यालय संगीत सम्बन्धी संस्थामा कार्यरत सोधकर्ता पिटर ह्यारीसनका अनुसार, वैज्ञानिक भन्छन् संगीतले मानिसलाई खुशी दिन्छ भन्ने निश्कर्ष निकालेका  छन् ।

संगीतले भावना र काम गर्ने तरिकामा परिवर्तन गर्छ । वैज्ञानिकहरुले मानिसको मष्तिस्कले परिकल्पना गर्ने दृश्यमा परिवर्तन ल्याउँछ भनी विज्ञहरुले बताएका छन् । मष्तिस्कमा रहेको एम्यागडाला, हिप्पोक्याम्पस र अडिटरी कोर्टेक्सले हाम्रो भावना परिचालन, कुनै कुरा बुझने क्षमतामा वृद्वि, हाम्रो सम्झना शक्ति, र ध्वनि प्रतिको संवेदनशिलता क्रमशः बढाउने उल्लेख गरिएको छ ।

भिन्सेन्ट चेंग भन्छन्,“हाम्रो मष्तिस्कको अर्को संवेदनशिल भाग न्युक्लियस एकुम्बन हो जसले हाम्रो चाहनालाई प्रत्येक समय उपलब्धिमूलक बनाउँछन् । संगीतको एउटै काम हो, हाम्रो ध्यानलाई केन्द्रित गर्नु अनि आफ्नो समय के पछि के हुने हो भनेर ! पप गीत सुन्ने बानी बसाल्नुस ।”

ताजा खबर