मोबाइलको प्रयोग विद्यार्थीको लागि हानिकारक

२०७६ कार्तिक २५ सोमबार १२:३६:०० मा प्रकाशित

अमेरिकाको ओनटारियो क्षेत्रमा विद्यार्थीलाई कक्षा कोठामा पढ्दा मोबाइल निषेध गरिएको छ । विद्यार्थीलाई पढ्ने क्रममा र स्वास्थ्य बिषय सम्बन्धी खोजको लागि मात्र मोवाईल स्वीकार्य छ । त्यहाँका शिक्षा मन्त्री स्टेफेन लेसिको भनाइमा,“सरकारले अभिभावकको नैराश्यतालाई बुझेर विद्यार्थीलाई प्रविधिमा रोक लगाएको हो । कक्षा कोठामा विद्यार्थीको ध्यान अध्ययनमा हुनुपर्छ नकी सामाजिक सञ्जालमा ।”

विद्यालयमा मोबाइल प्रयोगमा बन्देज नै लगाइएको छ ।

 भर्खर भएको क्यानडाको भ्यानेर इन्स्टिीच्युटमा कक्षा ४ र ७ का प्रशिक्षार्थीले ५२ प्रतिशत र ८५ प्रतिशत क्रमश मोबाइल प्रयोग गर्ने गरेको पाइयो । डाटाहरु अध्ययन गर्दा बढि मात्रामा विद्यार्थीले मोबाइल फोन प्रयोग गरेको पाइयो ।

सन् २०१८  मा गरिएको एक अध्ययनले पढ्ने विद्यार्थीले मोबाइल जस्ता उपकरण चलाउनुले पढाइमा गलत नतिजा निकालेको प्रमाणित गर्यो ।

मोबाइल चलाउन निषेध गर्नुको कारण

अल्बर्टा विश्वविद्यालयका प्रध्यापक तथा अभिभावक डेभिड कोर्नि भन्छन् “मोबाइलका फाइदा त निकै छन् । यसको प्रयोगको फाइदा पनि होला । तर विद्यालयको वातावरण मोवाइलले विगार्छ । मैले कक्षा ५ का विद्यार्थीमा सोध अवलोकन गर्दा डाटाहरुले विद्यार्थीको पढ्ने अनुभवमा नकारात्मक प्रभाव पारेको पाएँ । म अभिभावक, शिक्षक र बालबालिकालाई पनि प्रश्न गर्छु ? पुस्तक वा अन्य सामग्रीको अध्ययन गर्दा मोबाइलबाट टाढा नै रहनु पर्छ।”

उनी भन्छन्,“अभिभावकको हकमा विद्यार्थीलाई पढ्दाका समयमा यस्ता प्राविधिक वस्तुहरुको प्रयोग गर्न छुट दिइनु हुँदैन नत्र समय त्यसै वर्वाद हुन्छ ।”

बालबालिका हेरचाह विज्ञ जुडी आर्नल भन्छिन्,“कक्षा कोठामा त मोबाइल फोन निषेध हुनुपर्छ । फोनबाट टाढा रहनु नै राम्रो । यो सबैको साझा समस्या हो । मष्तिस्कको अर्ग भाग प्रिफन्ट्रेल कर्टेक्सले काम गरिरहेको हुन्छ । बालबालिकालाई फोनबाट आकस्मिक समस्या पर्न आउँछ । बालबालिकाले कुनै विद्यार्थी मोबाइल बोक्न नपाएकोमा अपमानित भएको ठान्छन् । तर उनीहरुलाई प्राविधिक कुरामा टाढा राख्नु चुनौतिको कुरा हो हामी कुरोको चुरो पकडिन जाँदै छौं ।”

कुन कुरा विर्सियौं

नेन्सी वाल्टनले विद्यार्थी माझ मोबाइल फोनको प्रयोगले ध्यान भंग गराउने बताइन । तर मोबाइल फोनको प्रयोग विद्यार्थी माझ रोकिनु उनलाई दुःखको कुरो हो ।

 वाल्टन रियर्सन विश्वविद्यालय टोरन्टोको सामाजिक सञ्जालका प्रमुख हुन् । उनले मोबाइलको रोक केहि मात्रमा अपुरो रहेको बताएकी छिन् । वाल्टनको भनाइमा,“समस्या मोबाइल फोनको मात्र होइन विद्यार्थीले शिक्षकले कुन तरिकाका साथ शिक्षण गरिरहेका छन् भन्ने कुराको ज्ञान हासिल गर्नु पर्दछ । उच्च शिक्षा हासिल गर्दा सम्झाउने अभिभावक हुन्छन् । हामी नयाँ तरिकाबाट प्रसंग कोट्याउन सक्छौं ।” 

नेन्सी थप भन्छिन्,“विद्यार्थीका समस्या कसरी पढाईमा व्यस्त हुनु भन्ने हो । मोबाइल फोनले विद्यार्थीलाई प्राविधिक रुपमा विचारशील,जिम्मेवार र उत्तरदायी बनाउँछ । तर दैनिक जीवनमा विद्यार्थीले जीवन सार्थक रुपमा वुझ्छन् ? उनीहरुले आफ्नो समस्या हल गर्न के सही र के गलत भनि छुट्टयाउन सक्लान र !” (एजेन्सीको सहयोगमा सरल डेस्क)

 
 

ताजा खबर