बहादुर समय

२०७६ कार्तिक २३ शनिबार १२:५१:०० मा प्रकाशित

 जब भाका नाच्दैन

र भाषा जन्दैन

बुझ्नु समयको औकात बढ़ी नै छ

बुझ्नु कालको तागत औषधि नै छ ।

-----------------

मान्छे कालका सामुन्ने बाउन्ने नै छ

पुड्को नै छ ।

-----------

अरू जीवलाई केही फरक पर्दैन

किन कि उनीहरू सपना देख्दैनन्

तिनीहरु  बिपना पनि छाम्दैनन्

फगत छाम्छन् कर्म ।

र कर्मका अघि समय पनि मौन बनेर

चल्छ चलि रहन्छ

समय सुई घुमाई रहन्छ

एकैनास एकैनास

जीव अण्डज, स्वेदज

उद्वीजलाई फरक कत्ति पर्दैन ।

मात्र मान्छेलाई फरक पर्छ

 ऊ माथा गरम् पार्छ

तर्क गर्छ

ठेस खान्छ

मात्र मान्छे

रत मान्छे ।

------------

बहादुर समय

र बहादुर मान्छे

रत लुते मान्छे

बहादुर नवनेत ऊ साँच्ची मान्छे ।

------घण्टाघर

एकनास ।

मात्र मान्छे विवश

तर्कले आफ्नै कारणले

आफ्नै कारणले ।

ताजा खबर