प्रचण्डकी नातिनी स्मितासँग टंकले गाए ‘चिटिक्कै परि बस’

२०७६ कार्तिक १९ मंगलबार १६:०२:०० मा प्रकाशित

काठमाडौं । गायिका स्मिता दाहाल र गायक टंक बुढाथोकीको स्वरमा रहेको गीत ‘चिटिक्कै परि बस’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

स्मिता नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी हुन् । ‘कार्टुञ्ज क्रु’ले अभिनय गरेको उक्त म्युजिक भिडियो सोमबार सार्वजनिक भएको हो।

भिडियोमा काटुञ्ज क्रुका सरोज अधिकारी, आश्मा विश्वकर्मा र दिपिका कार्की देखिएका छन् । सुनिता नेपाल सुवेदीको शब्द रहेको गीतमा दीपक शर्माको संगीत, उदयराज पौडेलको ऐरेन्ज तथा श्याम स्वेत रसाईलीको मिक्सिङ्ग रहेको छ ।

गीतको भिडियो कोरियोग्राफी गम्भीर विष्टले गरेका हुन् भने सरोज ओलीको निर्देशन, नवराज उप्रेतीको छायांकन, रेनिश फागोको रङ संयोजन र अर्जुन जिसीको सम्पादन रहेको छ ।

 

ताजा खबर