अभिषेकभन्दा पहिले नै विवाह गरेकी थिइन् ऐश्वर्याले

२०७६ कार्तिक १८ सोमबार १३:४१:०० मा प्रकाशित

बलिउडकी सुन्दरी ऐश्वर्या राय र अभिनेता अभिषेक बच्चनको विवाह भएको १२ वर्ष पूरा भइसकेको छ । छोटो समयको प्रेमपछि विवाह गरेको यो जोडी बलिउडमा उदाहरणीय जोडीको रुपमा लिइन्छ ।

दुवैले ‘ढाई अक्षर प्रेम’, ‘कुछ न कहो’जस्ता सुपरहिट फिल्ममा एकसाथ काम गरेका थिए । को–एक्टरभन्दा पनि यी दुई निकै असल साथी थिए । दुवैको केमेस्ट्री फिल्मको पर्दामा निकै रुचाइयो । करिश्मा कपूरसँग इन्गेजमेन्ट टुटेका अभिषेक र सलमान र विवेक ओवरायसँग सम्बन्ध टुटाएकी ऐश्वर्याको भेटघाटले विवाहको रुप लिएको थियो । 
 
‘बन्टी और बबली’ को सेटमा दुवैबीचको दूरी घटेको थियो । त्यसपछि गुरु, धुम–२ मा काम गरेपछि अझै उनीहरु झन् नजिकिएको भारतीय सञ्चार माध्यमहरु बताउँछन् । फिल्म गुरुको प्रिमियरको दौरान अभिषेकले ऐश्वर्यालाई विवाहको प्रस्ताव राखेका थिए । 

बच्चन परिवारको धार्मिक आस्थाका कारण र ऐश्वर्याको कुण्डली हेर्दा उनी मांगलिक भएको खुलेको थियो । त्यसैले बच्चन परिवारले पूर्ण रितीरिवाजका साथ ऐश्वर्याको विवाह पीपलको रुखसँग गराइदिए । त्यसपछि ऐश्वर्या र अभिषेकको विवाह भएको थियो । 

ताजा खबर