आमाका लागि दुलहा खोजिरहेकी छिन् यी युवती

२०७६ कार्तिक १७ आइतबार १५:५३:०० मा प्रकाशित

आमा–बुवाले आफ्ना सन्तानको विवाहका लागि पत्रपत्रिकामा विज्ञापन दिने चलन नेपालमा पनि बढेको छ । भारतमा यस्ता विज्ञापन मेट्रोमोनियलमा दिने गरिन्छ । यसबारे हामीमध्ये धेरैलाई थाहा छ । तर यहाँ एउटा ट्वीस्ट छ, त्यसकारण त यो खबर रोचक भयो ।

भारतमा एक छोरीले आफ्नी आमाका लागि दुलहाको खोजी गरिरहेकी छिन् । परिवर्तित समाजमा उनको यो कदमलाई जताततै प्रशंसा गरिँदै छ । यसैकारण छोरीले गरेको ट्वीट तीब्र रुपमा भाइरल भइरहेको छ ।

आस्था वर्मा नामकी युवतीले ट्वीटरमा आफ्नो र आमाको तस्बिर सेयर गर्दै लेखिन्, ‘आफ्नी आमाका लागि ५० वर्षका ह्यान्डसम व्यक्तिको खोजीमा छु । उनी शाकाहारी, मद्यपान नगर्ने र राम्रो तरिकाले स्थापित हुनुपर्छ ।’

Aastha Varma@AasthaVarma

Looking for a handsome 50 year old man for my mother! :)
Vegetarian, Non Drinker, Well Established.

View image on Twitter

30.6K

8:27 PM - Oct 31, 2019

Twitter Ads info and privacy

13.3K people are talking about this

आस्था आफ्नी आमाका लागि यस्तो दुलहाको खोजीमा छिन् जो हेर्दा ह्यान्डस हुनुपर्छ र उमेर ५० वर्षको हाराहारीमा हुनुपर्छ । आस्थाको यो ट्वीट अहिलेसम्म ६ हजार बढीले रिट्वीट गरेका छन् र यसमा २९ हजार बढी लाइक आइसकेको छ ।

आस्थाको प्रोफाइल हेर्ने हो भने उनले आफूलाई कवयित्री, राजनीतिक अवलोकनकर्ता, नेल आर्टिस्ट, देशभक्त र कानूनकी विद्यार्थीको रुपमा पेश गरेकी छिन् । आस्थाले ट्वीटरमा जुन फोटो सेयर गरेकी छिन् त्यसमा उनकी आमाले गुलाबी रङको कुर्ता लगाइरहेको देख्न सकिन्छ ।

ताजा खबर