यात्रा गरौं, खुशी बटुलौं  !

२०७६ कार्तिक १६ शनिबार ०८:४०:०० मा प्रकाशित

   काठमाडौं । धेरैजसो मानिसलाई लाग्दो हो घर,गाडी र प्रशस्त धन सम्पत्ति जोडेपछि जीवनमा सबैभन्दा बढी खुशी पाउन सकिन्छ । सर्सरती हेर्दा हाम्रो समाजमा आम मानिसको प्रवृत्ति यस्तै नै देखिन्छ । तर यी सबैकुरा आफ्नो हात नपरुन्जेल मात्र खुशी दिने बस्तु हुन्छन्,जब मनले चाहेजति भौतिक सुविधा हात पर्छन् तब सुखको साटो दुख र तनावको बिषय बन्छन् तिनै बस्तु । 

मानिसका यिनै प्रवृत्तिको लामो अध्ययन गरेका अनुसन्धाताहरुले के पत्ता लाएका छन् भने मानिस कुनैपनि भौतिक सुविधाको थुप्रोमाथि बस्दैमा या सुत्दैमा खुशी पाउन सक्दैन । मानिसलाई सबैभन्दा बढी खुशी दिने एकमात्र बिषय हो भ्रमण । यही सन्दर्भमा गरिएको एक अनुसन्धान यसो भन्छ–

मानिसको गोजी भरिने बित्तिकै कुनै नयाँ सामान किन्न उनीहरु उत्साही बन्छन् । ती सामानले केही क्षण उनीहरुलाई रोमाञ्चित पार्छ र आनन्द पनि अवश्य नै दिन्छ । तर केही समयपछि ती सबै बस्तु पुरानो बन्दै जान्छन् ।

नयाँ कुरा किन्ने र आनन्द पाउने क्रम जीवनभर चलिरहन्छ तर मानिस खुशी रहन भने सकेको हुँदैन । मानिसको नयाँ सामान प्रतिको आकर्षण उनीहरुको खुशीको लागि हो । कारणबश मानिसको जीवन पनि सरल तरिकाले वित्दै जान्छ र कम समस्याकाबीच गुज्रन्छ । तर के यो नै मानिसको अन्तिम सन्तुष्टि हो त ?

सामानको भुक्तभोगि हुनुमात्र जीवनमा सम्पूर्णता होइन । कोरोनेल विश्वविद्यालयद्वारा तयार पारिएको अनुसन्धानमा नयाँ सामान प्रतिको मोहको अनन्त चक्रबाट उन्मुक्ति पाइन सकिने विधि उल्लेख गरिएको छ । विद्यालयका मनोविज्ञान विषयका प्राध्यापक थोमस गिलोभिचका अनुसार, “मानिसको नयाँ चिजबिजसँग रमाउने बानी यात्रा गर्दा झन बढ्छ । मानिसको खुशी कुनै सामान किन्दा भन्दा यात्रा गर्दा सम्झनलायक हुने उनी बताउँछन् । यात्रा नै किन ? भन्ने प्रश्नको उत्तर दिँदै पा्रध्यापक भन्ने गर्छन,“कुनै पनि नौलो कुरा किन्दा केही क्षण तपाईँ खुशी हुनुहुन्छ । यात्रा गर्दा तपाईँ बद्लिनु हुन्छ । नयाँ सामानको भुक्तभोगी तपाईँ बन्नुहुनेछ ।”

मानिसको खुशीको कारण के होला ?

मानिसमा नयाँ सामान प्रतिको रोजाइ एक किसिमको नयाँ उमङ्ग होला । तर त्यतिमात्रले उ खुशी रहन सक्दैसक्दैन । डा. गिलोभिच भन्छन्,“तपाईँको नयाँ सामान खोज्ने रोजाइमा तपाईँ पोख्त हुनु होला । मानिसको नयाँ सामान किन्दा रमाउने क्षण रोमान्चक हुन्छ । तर तपाईँको शरीरले सधैं यात्रा गर्न खोज्छ । यात्राले तपाईँलाई नयाँ ठाउँको अनुभव दिन्छ ।”
तपाईँ धनि बनेर जीवनलाई आनन्ददायक र सम्झनलायक बनाउन सक्नुहुन्न । भौतिक सामग्रीबाट त्यतिधेरै खुशी पाउन सम्भव छैन । तर यात्रा गर्नुभयो भने त्यसबाट अविस्मरणीय  अनुभवहरु सँगाल्न पाईन्छ अनि बाँचुन्जेल सम्झेर खुशी र रोमाञ्चित भैरहन सकिन्छ ।

के खुशी हुन एक आपसको सम्बन्ध फलदायक हुन्छ ?

नयाँ संस्कृति र नवीन ठाउँमा पुग्दा तपाईँ  यात्राको फल पाउनुहुन्छ । तपाईँ त्यसै धनी बन्नुहुनेछ । मानव मष्तिष्क र शरीरले नयाँ सूचना पाउँछन् । वरिपरीको वातावरण फलदायी भएमा तपाईँ आफ्नो छरछिमेकमा खुशी र सम्झनाहरु बाँडचुँड गर्न सक्नु हुनेछ ।

हावर्ड विश्वविद्यालयका ८० वर्षीय खोजकर्ता रोवर्ट वाल्डिङ्गर मानिस किन खुशी रहन्छ भन्ने बिषयका ज्ञाता हुन् । अध्ययनले पत्ता लगाएको छ परिवार, साथिभाइ, समुदाय र अरु मानिसँग जो सधैं नजिक हुन्छ उ सधैं खुशी र स्वस्थ रहन्छ ।


वाल्डिङगरको भनाइ छ,‘मानिसले सामाजिक सम्बन्ध बढाउन कुनै न कुनै नयाँ काम गरिरहेको हुन्छ । भौतिक सामग्री किनेर खुशी बटुल्नु कुनै नयाँ अनुभवको श्रृङ्खला त भएन   नि ! मानिसको व्यक्तिगत अनुभव यात्राबाट रोमान्चक बन्छ । यात्रा गरेपछि उसले थाहा पाउँछ कि उसको पारिवारीक सम्वन्ध उसको लागि कति महत्वपूर्ण छ भनेर !’


मानिसको अन्य खुशीका साधनहरु पनि त छन् । मानिस खेलमा रमाउन सक्छ । उ पठनपाठनमा रमाउन सक्छ । त्यस्तै केही अस्वाभाविक घटनाले मानिस सुखी रहन पनि सक्छ । नयाँ प्रविधिले मात्र उसलाई लामो समयसम्म खुशी राख्न सक्दैन । त्यसैले आफ्नो जीवनलाई प्रफुल्ल र ताजा बनाईराख्न चाहनु हुन्छ भने नयाँ नयाँ गन्तव्यको यात्रा गर्नोस्,खुशी बटुल्नु होस् । स्वस्थ र प्रशन्न जीवन बाँच्नुहोस् । (समीर न्यौपानेको संकलन)  

ताजा खबर