जब बाहिरियो रणवीर र आलियाको विवाहको कार्ड

२०७६ कार्तिक १५ शुक्रबार १४:४६:०० मा प्रकाशित

 बलिउडमा कति बेला के हुन्छ पत्तै हँुदैन। को कससँग नजिक हुन्छन्, कसको बे्रकअप हुन्छ एकाएक भाइरल हुन्छ। रणवीर कपुर र आलिया भट्टबीचको प्रेम सम्बन्धको बेलाबेला चर्चा भइरहन्छ।

केही दिनदेखि ट्विटर र ह्वाट्सपमा यो जोडीको विवाहको कार्ड अत्यधिक सेयर भएको छ। एकाएक भाइरल भएको विवाहको कार्ड भने साँचो होइन। कार्डमा उनीहरूको विवाह राजस्थान जोधपुरस्थित उम्मेद भवन प्यालेसमा सन् २०२० को जनवरी २२ मा हुनेछ।

कार्ड ध्यानपूर्वक हेर्ने हो भने फोटोसपको प्रयोग गरी कार्ड तयार पारिएको थाहा हुन्छ। आलियाको नाम नै गलत लेखिएको छ। उनी फिल्म निर्माता महेश भट्टकी छोरी हुन् तर कार्डमा आलियाको बुवाको नाम मुकेश भट्ट बताइएको छ। कार्डमा स्पेलिङ र ग्रामर पनि धेरै नै बिगारिएको छ।

ताजा खबर