घुम्ती पुस्तकालयका सौखिन एक बृध्दको कथा

२०७६ कार्तिक १५ शुक्रबार १२:२३:०० मा प्रकाशित

बालबालिकालाई पढ्ने बानी बसाउन एन्टोनियो ला काभाको नवीनतम् सवारी हो, उनको विव्लियो मोटोकार । यो कारको अर्को नाम घुम्ती पुस्तकालय भने पनि फरक पर्दैन । एन्टोनियोले विद्यालय पढाउँदा पढाउँदै उनको मनमा उत्पन्न भएको यो एक प्रकारको नवीनतम् सोच हो  । यसका लागि उनी विशेषत आफ्नो चारपाङ्ग्रे मोटोकारको दराजमा टम्म सजाएर पुस्तक डुलाउँछन् शहरका गल्लीगल्ली । स–साना नानीहरुमा नयाँ ज्ञानप्रति भोक जगाउँदै पुस्तक पढ्ने लत बढाउन उनी सकेसम्म मेहनत गर्न पछि पर्दैनन् । उनको गाउँमा यो नवीनतम् अभियानले बालबालिका मात्र होईन अभिभावक समेतको स्यावासी बटुलिरहेको छ ।

उमेरले ७३ टेकिसकेका एन्टोनियो दक्षिणी इटाली शहर फरान्डीनाका बासिन्दा हुन्, उनी त्यहीँको प्राथमिक विद्यालयका शिक्षक हुन् । उनले आफ्नो ४ दशक प्राथमिक विद्यालयमा समय खर्चे । सन् १९९९ र २००० मा उनले विव्लियो मोटोकारो पुस्तकालय चलन चल्तिमा ल्याए । त्यसपछिका दिनमा स–साना ग्रामीण भेगमा पुस्तक लाने, पुस्तक पढ्ने संस्कृति कसरी बसाउने र बालबालिकामा कसरी खुशी ल्याउने भन्ने उनको मुख्य लक्ष्य थियो ।

उनको एप कार उनको यात्राको सारथी थियो । उनले बालबालिकालाई मनपर्ने हजारौं किताबका सङ्ग्रह धेरै उच्च पहाडी भूभाग र टाढाका ग्रामीण समुदायमा लान्थे । करिब एक लाख किलोमिटर टाढाका भू–भागमा पुस्तक पु¥याउनुको दैनिक कार्य हुँदै आएको थियो ।

एन्टोनियो आफ्नो किताब ओसारपसार गर्ने सांस्कृतिक अभियानलाई “फिनो इ मार्गिनि” नामले परिचित गर्न मन पराउँछन् । उनी भन्छन्–“यसरी विव्लियो मोटोकारो डुलाउनु इटालियन कल्चर भएको छ । मानिसमा नम्रता, त्याग चाहिन्छ । किताब पढ्ने संस्कृति बालबालिका र बयस्कमा मौलाउनु पर्छ । त्यसको लागि किताबको भण्डारको कार्याशाला पनि चाहियो । बालबालिकाहरु कस्तो पुस्तक रुचाउँछन्,यसमा ध्यान दिनु जरुरी छ । बालिस्टिका दक्षिण इटालिका पहाडी र घना जङ्गल भएका विकट गाउँहरुमा किताब पु¥याउनु युरोपको २०१९ को मटेरीया क्यापिटल कल्चरको उद्देश्य हो । धरातलीय हिसावमा भू–भागहरुको दूरी धेरै भएपनि यो अभियानले पुस्तकको अनिवार्यतालाई दर्शाएको छ ।” 

उनी थप भन्छन्–‘किताबको कार्याशालाले बालबालिकाले ग्रामीण भेगमा शिक्षाको उज्यालो दिएको छ । किताबी कथामा विद्यार्थीहरु नाटकहरु प्रशस्त मात्रामा पढ्न पाउँछन् । कथामा विश्लेषण गरिएका पात्रहरु बालबालिकाहरुको अभिरुचीको बिषय हुन थालेको छ । कथानक पात्रहरु बालबालिकाले तयार पार्ने छोटो श्रव्य दृश्य र एनिमेशनमा विभिन्न आयाम र बिचारकाबीच छाउन थालेका छन् ।’ 

एन्टोनियोको किताव चारपाङ्ग्रेमा डुलाउने व्यवसाय फरक हो । उनको सवारी उत्साहकजनक छ । उनी उमेरले पाका भएका छन् त्यतिकै उनी नम्र, साधारण, परिश्रमि बनेका   छन् । 

उनको भनाइ छ– “म त चलायमान पुस्तकालय बनेको छु । मेरो घरको छानो यही सवारी हो, जसमा १२ मिटरको छत छ । म १ हजार भन्दा बढि किताब बोकी साधनसँगै मस्त    बन्छु । यस्तो लाग्छ यो कुनै चलचित्रको कथा मात्र हो र अपत्यारिलो कुरो होला । तर वास्तवमा राम्रो मुड चारपाङ्ग्रेमा सवार गर्दा नै बन्छ । वास्तवमा यो सवारीको शरणमा बस्नुको अर्कै आनन्द छ  । यस किसिमको पुस्तकालयले मानिस र समुदायमा सांस्कृतिक कल्पनाको कुरो आउँछ । मेरो कार्यक्षमताले मानिसमा केही नयाँ कुरा गरौं भन्ने सोच बढाउँछ ।”

 

उनी शिक्षकहरुका नायक हुन् । इटालीको नेपल्स शहरमा उनलाई अन्तर्राष्ट्रिय पुरस्कार “एलिसा फ्राउनफ्लेडर” बाट सम्मानित गरियो । नेपल्स शहरमा अवस्थित शावर ओरसोला वेनिनकाशा विश्वविद्यालय र अरु एघारवटा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विश्वविद्यालयबाट इटालिको प्रतिष्ठित सम्मान स्वरुप दिइएको हो । सो प्रोजेक्टको संरक्षण र प्रवध्र्दन गर्ने एकजना विद्वानको स्मृतिमा स्थापित पुरस्कारबाट एन्टोनियो सम्मानित भएका हुन् ।

इटालीको साला डेग्ली एनज्लीमा ओरसोला वेनिनकाशा विश्वविद्यालयको प्राङ्गणमा जनवरी ३१ आयोजित पुरस्कारको अध्यक्षता लुसिवो डी एलेसेन्द्रोले गरेका थिए । जहाँ विश्वका पचास भन्दा बढि मानवशास्त्र र वैज्ञानिक खोजकर्ताहरु सामेल थिए । 

(असरफ अव्दुल, इजिप्टका परिचित पत्रकार,कवि तथा लेखक हुन्,उनी एशिया जर्नालिष्ट एशोशिएशनका अध्यक्ष छन् । यो सामग्री उनले सरल पत्रिकाका तयार गरेका हुन् ।)
 

ताजा खबर