यस्तो छ मनमोहक मनाङ, हेरौं सचित्र वर्णन

२०७६ कार्तिक १२ मंगलबार ०७:१६:०० मा प्रकाशित

मनाङ् । मनाङमा विगतमा तिलिचो ताल जाने नेपालीको लर्को नै लाग्थ्यो तर अहिले तिहार पर्वका कारण नेपाली पर्यटकको संख्या घटेको छ । तर मनाङमा अहिले पनि अन्नपूर्ण सर्किट जाने विदेशी पर्यटकको चहलपहल कायमै छ ।

नेपाली पर्यटक आफ्नै गाडी र धेरै जसो मोटरसाइकलमा मनाङ आउने गरेका छन् । नेपालीहरू घुम्ने निस्किए पनि एकै पटक मोटरसाइकलबाट तिलिचो बेसक्याप वा मनाङ बजारमा पुग्ने गरेकाले विरामी हुने गरेको स्थानीय होटल व्यबसायी बताउँछन्

उच्च क्षेत्रमा पदयात्रामा जाँदा विस्तारै आराम गर्दै हिमाली वातावरणमा शरीरलाई अभ्यस्त गर्दै जानु पर्नेमा नेपाली युवामा त्यसको ज्ञान छैन । विदेशीहरू बेसी शहरबाट हिँडेर चारपाँच दिनमा बल्ल मनाङ्ग  पुग्छन् तर नेपाली भने एकै पटक मनाङ पुग्ने गरेका कारण विरामी पर्ने स्थानीयको भनाइ छ ।  गोरखापत्र दैनिकका  फोटोपत्रकार सागर बस्नेतले क्यमेरामा कैद गर्नु भएका तस्बिरहरू:

ताजा खबर