रबीना टन्डनको थियो बिहे अघि नै दुई ‘छोरी’

२०७६ कार्तिक ९ शनिबार १०:२७:०० मा प्रकाशित

बलिउडमा एक युग थियो, रवीना टन्डनको। अनिल कपुर, अक्षय कुमार अनि सुनिल सेट्टीसँगको जोडी एकताका खुब हिट थियो हिन्दी सिने जगतमा। बलिउडमा रवीनाको उपस्थिति अहिले अलि कम भएको छ। यद्यपि टेलिभीजन कार्यक्रम अनि विज्ञापनहरुमा रवीनालाई अझैं पनि देख्न सकिन्छ।

आज उनको जन्मदिन हो। १९७४ अक्टोबर २६मा उनी जन्मिएकी हुन्। उनलाई घरमा ‘मुनमुन’ भनेर बोलाउँछन्। यो नाम उनका मामा म्याकमोहनले राखिदिएका हुन्। तर, पिता रवी र आमा बीनाको नाममा बाट उनको वास्तविक नाम ‘रवीना’ राखिएको हो।  रवीनाको फिल्मी करिअर १९९१मा बनेको फिल्म ‘पत्थर के फूल’बाट सुरु भयो। ९०को दशकमा उनी फिल्मी इन्डष्ट्रीजमा खुब चलेकी नायिका थिइन्।

उनले धेरैजसो रोमान्टिक फिल्ममा काम गरिन्। ‘कुछ कुछ होता है’मा रानीको सट्टा रवीनालाई नै अफर गरिएको थियो तर, उनले काम गरिनन्। त्यस्तै ‘दिल तो पागल है’मा पनि करिश्मा कपुरको ठाउँमा उनलाई नै अफर गरिएको थियो। तर, उनले ती दुबै फिल्ममा काम गरिनन्।

यश चोपडाको फिल्म ‘डर’मा उनलाई मुख्य भूमिका अफर थियो तर, त्यसमा प्रयोग हुने पहिरनका कारण उनी राजी भइनन्। अनि त्यो ठाउँमा जुही चावलाले भूमिका निभाइन्। फिल्मी जीवनमात्रै होइन, उनको निजी जीवनमा अक्षय कुमारको नाम धेरै जोडियो। कैयौं अन्र्तवार्ताहरुमा रवीनाले अक्षयसँगको सम्बन्धका बारेमा बताएकी छिन्। रवीनाका अनुसार अक्षयले उनीसँग बिहेको बाचा पनि गरेका थिए। 

तर, पछि अक्षयको अफेयर अर्कैसँग थियो र उनीहरुको ब्रेकअप भयो। २००४मा रवीनाले अनिल थडानीसँग बिवाह गरिन्। उनी अनिलकी दोस्री श्रीमती हुन्। बिहे अघि नै रवीनाले दुई बालिकालाई अपनाएकी थिइन्। उनीहरुको नाम पूजा र छाया हो। बिवाहपछि पनि उनका दुई सन्तान भए रशा र रणबीर। अहिले रवीना ‘नच बलिए–९’को निर्णायकको भूमिका छिन्।

ताजा खबर