इरानी सुन्दरी एक सातादेखि हिरासतमै

२०७६ कार्तिक ८ शुक्रबार १५:३१:०० मा प्रकाशित

 फिलिपिन्ससँग शरण खोजिरहेकी इरानी सुन्दरी बहरे जार बहरी एक सातादेखि हिरासतमै छिन् ।

फिलिपिन्सको मनिलास्थित निन्यो अक्विनो इन्टरनेश्नल एयरपोर्टमै उनलाई हिरासतमा राखिएको छ । शरण खोजदै फिलिपिन्समा छिर्न खोजेकी उनलाई प्रवेशआज्ञा दिइएको छैन ।

इन्टरपोल रेड नोटिसका कारण उनलाई फिलिपिन्स छिर्न दिइएको छैन । बहरीले २०१८ मा इरानको ‘मिस इन्टरनेश्नल पिजेन्ट’को ताज पहिरेकी थिइन् । उनीमाथि इरानमै गम्भीर प्रकृतिको मुद्दा लगाइएको छ । तर उनले इन्कार गर्दैआएकी छन् । आफूले प्रतिपक्षी आवाज उठाएकाले मुद्दा लगाइएको उनको भनाइ छ ।

ताजा खबर