प्रतिबद्धता घोषणामै सीमित, सात लाख भुकम्प पीडितको दसैं टहरामै
२०७४ असोज ६ शुक्रबार ०७:१७:००
मा प्रकाशित

२०७२ वैशाख १२ को भुकम्पले घर भत्केपछि टहारामा बसिरहेका सात लाख भुकम्प पीडितको दसैं योपटक पनि टहरामै बित्ने भएको छ ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सिईओ गोविन्दराज पोखरलेलले दसैंअघि डेढ लाख भुकम्पपीडितलाई टहराबाट घरमा भित्र्याउने भोषणा गरेका थिए । बिहीबार घट्स्थापनासंगै बडादसैै सुरु भए पनि घोषणा गरेमध्ये आधा घर पनि बेनन् ।
प्राधिकरणको तथ्यांकअनुसार बुधबारसम्म घर निर्माण सम्पन्न गर्ने लाभग्रााहीको संख्या ४८ हजार नौ सय २६ पुगेको छ । नागरिक दैनिकबाट ।