विवादमा तानिए दुर्गेश : ‘ह्याप्पी तिहार’ गीतका कारण परे पक्राउ
२०७६ कार्तिक ५ मंगलबार १२:५३:००
मा प्रकाशित

काठमाडौँ । गायक दुर्गेश थापाको पछिल्लो बजारमा आएको ह्याप्पी तिहार गितमा लफडा सिर्जना भएको छ । उनलाई ‘ह्याप्पी तिहार, चिसो बियर’ गीतले विवादमा तानेको हो ।
‘ए निकाल गाँजा, खानुपर्छ आज’ भन्ने अंश कानून विपरित भएको भन्दै उनीमाथि उजूरी परेको हो । तिहारको बेलामा गाजा र बियर खाने प्रचार गरेको भन्दै उनीमाथि आलोचना हुदै आएको थियो ।
गाँजा कानुनी रुपमा प्रतिबन्धित गाँजा छ । सोहि कारणले दुर्गेशविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको थियो ।
प्रशासनको आग्रहमा गायक दुर्गेश थापालाई पक्राउ गरिएको महाशाखाका एसएसपी सहकुल थापाले लोकान्तरलाई जानकारी दिए । कारवाहीका लागि प्रशासन कार्यालयले महानगरीय अपराध महाशाखा टेकुलाई गायक दुर्गेश थापालाई झिकाउन निर्देशन दिएको थिया ।
उनले तीजको बेला ‘हामी पनि नाच्नुपर्छ बीच्च–बीच्चमा’ गीत चर्चित भएका थिए ।