इश्वरको ‘उकाली ओराली’ लोकार्पण

२०७४ असोज ५ बिहीबार २१:२४:०० मा प्रकाशित

काठमाडौं, ५  असोज । सरल शब्दहरु र सुमधुर संगीतले सजिएको गीति सँगालो ‘उकाली ओराली’ एक समारोहवीच बिहीबार यहाँ लोकार्पण भएको छ ।

गीतकार इश्वर श्रेष्ठले रचेका ७ वटा गीतमध्ये केही गीत देशका लोकप्रिय गायकले गाएका छन्। ‘ओरालो झरे जस्तो’बोलको गीत गायक रामकृष्ण ढकालले गाएका छन् भने ‘नदेखेको धेरै भयो’ गीत स्वरुपराज आचार्य र विन्दु परियारले संयुक्त रुपमा गाएका छन्। त्यसैगरी सुरेश लामाले अतालिन्छ मन,राजेशपायल राईले एकै  नजरमा,प्रताप लामाले मसँग माया,मेनुका पौडेलले मेरो देश तथा विन्दु परियार र धुर्ब बिस्कोले वारिपारी बोलको गीत संयुक्त स्वरमा गाएका छन् ।

गीतकार इश्वर श्रेष्ठकी धर्मपत्नी चम्पा श्रेष्ठले प्रकाशन गरेको ‘उकाली ओराली’ गीति सँगालोका सबै गीतमा दिपक शर्माले संगीत भरेका छन् भने नरेन्द्र वियोगीले एरेन्जरको भूमिका निर्वाह गरेका छन् ।

गीतकार राजेन्द्र थापाले इश्वरका गीतको विशेषताहरुको चर्चा गर्दै समीक्षा गरेका थिए ।

लोकार्पण समारोहमै इश्वर दम्पत्तिले गीतकार कल्याण कोषमा १५ हजार रुपैंयाँ हस्तान्तरण गरेका थिए । 
 

ताजा खबर