‘सक्किगोनी’ टिम विरुद्ध मिडिया हबको प्रहरीमा उजुरी

२०७६ कार्तिक ३ आइतबार १३:४७:०० मा प्रकाशित

काठमाडौँ । हास्य टेलिश्रृंखला ‘सक्किगोनी’को विरुद्ध मिडिया हबले उजुरी हालेको छ । क्यारेक्टर कपिराइटको बिषयलाई लिएर मिडिया हबले उजुर गरेको प्रहरीले बतायो । 

मिडिया हबको उजुरीपछि छलफलका लागि प्रहरीले अर्जुन घिमिरे पाँडे र कुमार कट्टेल जिग्रीको समूहलाई महानगरीय प्रहरी परिसर टेकुबाटमा बोलाएको छ । 

मिडिया हबले उत्पादन गरेका टेलिश्रृंखला ‘भद्रगोल’ को क्यारेक्टर अर्को श्रृंखलामा आउँन थालेपछि भद्रगोलको भविष्य जोगाउँन उनीहरुले उजुरी गरेको बताइएको छ । जिग्री, पाँडे, बले कक्रोच, सितेबा जस्ता दर्जनौं, क्यारेक्टरहरु मिडिया हबले उ
त्पादन गरेको हो । मिडिया हबसँग कुरा नमिलेपछि सोहि टिमले अहिले सक्किगोनी प्रशारणमा ल्याएको छ ।

ताजा खबर