सामाजिक सञ्जालको जञ्जालः अस्तव्यस्त बन्दैछन् बालबालिका 

२०७६ कार्तिक २ शनिबार १५:५५:०० मा प्रकाशित

काठमाडौं । सामाजिक सञ्जालको बढि प्रयोगले बालिकाहरुमा नैराश्यता सिर्जना गर्ने एक अध्ययनले देखाएको छ । 

ल्यान्सेट चाइल्ड एण्ड एडोलिसेन्ट हेल्थ नामक सर्बेक्षण १० हजार बालबालिका माथि बेलायतमा गरिएको अध्ययनबाट यस्तो निष्कर्ष निकालिएको थियो । खोजका अनुसार, १३ देखि १६ वर्षका बालबालिकाहरुमा सामाजिक सञ्जालको प्रयोगले उनीहरुको निन्द्रा र शारिरीक स्वास्थ्यमा नकारात्मक असर गर्ने गरेको निश्कर्ष निकालेको छ । उनीहरुसँग कुराकानी गर्दा रिसाहा बानीको बिकास भैसकेको पाईएको छ ।

अध्ययनका अभियानकर्ता रसल भिनर भन्छन्,“ बढ्दो सामाजिक सञ्जालको प्रयोगले बालबालिकामा निद्राको कमि हुने गर्छ । उनीहरु शरिरीक व्यायाम गर्न इच्छुक हुँदैनन् त्यसकारण उनीहरु रिसाहा र मानसिक रुपममा स्वस्थ्य बन्दैनन् ।”

यसप्रकारको समस्याले बालबालिकाको स्वस्थ जीवनमा प्रतिकुल असर पारेको र उनीहरुलाई चाहिने अत्यावश्यक निन्द्रा समेत बिगारेको जानकारहरु बताउँछन् ।
      
दक्षिण पूर्वी बेलायती विश्वविद्यालय सूरीका मनोवैज्ञानिक चिकित्सक बब प्याटन भन्छन्,“सामाजिक सञ्जालले मानिसको जीवनशैली परिवर्तन गर्ने हो तर मानसिक स्वास्थ्यमा नै नाकारात्मक प्रभाव पार्ने जटिल समस्या बढाएको छ ।” उनका अनुसार, “यसको बढ्दो प्रयोगले बालबालिकामा निन्द्राको समस्या त देखा परेको छँदैछ, साइबर धम्की, शारिरीक तथा मानसिक प्रभाव पनि पारेको देखिन्छ ।”

बालकहरुमा मानसिक प्रभाव अर्को रुपमा पारेको अध्यनकर्ता बताउँछन् ।

सन् २०१३ देखि २०१५ सम्म बयस्कहरुमा अध्ययन गर्दा बालबालिकाहरु फेसबुक, ह्वाट्सएयाप, इन्स्टाग्राम, ट्विटर र स्यान्पच्याटमा बढी घोत्लिरहेका पाईए ।

दिनमा ३ देखि ४ पटकसम्म उनीहरुको यस्ता एयाप् चलाउनु उनीहरुको दैनिक कामकाज जस्तै हुनेगरेको पाइयो । त्यहाँ कुनै सीमा भएन, अध्ययनको निश्कर्ष छ ।

अघिल्लो महिनामा क्यानडामा भएको यस्तै किसिमको बालबालिकामा सामाजिक सञ्जालको जीवनमाथिको असर भन्ने खोजले दैनिक जीवन नै अस्तव्यस्त हुने गरेको  निश्कर्ष निकालेको थियो ।

बेल्जियमका घेन्ट विश्वविद्यालयका प्राध्यापक ए्यान डे स्मेथ भन्छन्,“बालबालिकाको शरीरमा निन्द्राको महत्वपूर्ण स्थान छ । सामाजिक सञ्जालको सकारात्मक प्रयोग हुनुपर्यो, यसको दुरुपयोगहनु भएन ।”

त्यसकारण खोजकर्ताले भनेका छन्, यसकारण बालबालिकाको दैनिक जीवनयापनमा मनोवैज्ञानिक रुपमा तनाव, असन्तुष्टि, निराशा र चिन्ता सामाजिक सञ्जालले थोपरिदिएको छ ।
अध्ययनले ६० प्रतिशत बालबालिकामा साइबर धम्की र निन्द्राको प्रभाव र बालकहरुमा १२ प्रतिशत मनोवैज्ञानिक असर पारेको निश्कर्ष निकालेको बताइएको छ । (तस्बिर: डाईनामिक न्युज/ एजेन्सीबाट)
 

ताजा खबर